Incident Reports

No translation available.

2013-06-21

Nandaram Paudel कपिलवस्तु । ०७० असार ७ गते बुड्ढी गाविस-७ प्रतिक्षालयको सडक आसपास बसेका करीब २ दर्जन घर टहरामा सरकारले ०७० असार ७ गते आगजनी गरेपछि महिला तथा बालबालिका वर्षाको समयमा बिचल्लीमा परेका छन् । लगातार वर्षा भइरहेको अवस्थामा जिल्ला वन कार्यालय, प्रशासन कार्यालय र प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले एकाएक सिँगो बस्तीमा घरटहरा भत्काई आगजनी गरी ध्वस्त पारेपछि अलपत्र परेका हुन् । सयौको संख्यामा परिचालन गरिएका सशस्त्र प्रहरी, जनपथ प्रहरी र वनरक्षकहरूले घर तोडफोड गरी आगजनी गरिरहदाँ गरीब सुकम्बासीहरू आफ्नो घरमा आगो दन्केको मुखदर्शक बनेर हेरिरहेका थिए । कुनै वैकल्पिक व्यवस्था नगरी सरकारले आगजनी गरेपछि उनीहरू बिचल्लीमा परेका हुन् । चर्को घाम तथा झरीमा आफुहरू खुला आकासमुनि बस्न पारिएको भन्दै उनीहरूले गुनासो गरेका छन् । बचेका थोत्रा भाँडाकुडा लिएर जंगल किनारामा बसेकी राजकुमारी पन्थी आखाँभरी आसु झार्दै रोइरहेकी थिइन् । गतवर्षपनि आगजनी गरेपछि घरबार नभएका सुकम्वासीहरू पुन झुपडी बनाई सानातिना पसल सञ्चालन गर्दै आएका थिए । पुनः वर्षाको समयमा दोश्रो पटक आगजनी गरी दिएपछि उनीहरू बिचल्लीमा परेका हुन् । सो विषयमा जिल्ला वन कार्यालयका उपसचिव देविप्रसाद कोईरालालाई किन वैकल्पिक व्यवस्था नगरी आगजनी गरेको भनी सोध्दा सरकारले हटाउन आदेश दिएकोले आफूहरूले हटाएको जवाफ दिए । उनीहरूको व्यवस्था गर्ने काम सुकुम्वासी आयोग लगायतको भएको उनले बताए । कुनै विकल्प नभएका व्यक्तिहरू पनि रहेको स्वीकार गर्दै संघसंस्थाहरूले पहल गरेर बसोवासको ब्यवस्था मिलाउनु पर्ने उनले बताए । सरकारद्वारा गरिएको आगजनीको जवाफदेहिता निगरानी समितीमा रहेका इन्सेक, माहुरी होम, साथी संस्था लगायतले स्थलगत अनुगमन गरेका थिए । नन्दराम पौडेल

0 Comments