Incident Reports

स्थानीय र प्रहरीबीच झडप हुँदा ११ राउण्ड अश्रुग्यास प्रहार

2017-10-21

Madhes, Rautahat, Gaur

मोटरसाईकल चोरलाई पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयबासीबीच झडप हुँदा प्रहरीले ११ राउण्ड अश्रुुग्यास प्रहार गरेको छ । सदरमुुकाम गौरस्थित विद्युुत कार्यालय अगाडिबाट चार दिनअघि मोटरसाईकल चोरी भएको थियो । चोरीमा संलग्न गरुडा नगरपालिका–१ का देवनाथ साहलाई गत राति जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको टोलीले घरबाट पक्राउ गरेको थियो । पक्राउ लगत्तै साहका आफन्त र गाँउलेले प्रहरीको गाडी माथि ढुुंगामुुढा प्रहार गर्नुुका ईप्रका शिवनगरका प्रहरी नायब निरीक्षक मदन ठाकुुरमाथि हातपात समेत गरेको प्रहरी निरीक्षक केशव रेग्मीले बताए । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुुग्यास प्रहार गरेको थियो । झडपमा संलग्न देवाही राकेश साह, दिनेश साह, बिगनेस साह र माधव नारायण रामप्रवेश मुुखियालाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न साहमाथि चोरी मुुद्दा र झडपमा संलग्नमाथि सार्वजनिक अपराध मुद्दा चलाइने प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेलले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Others types of mob justice
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 15
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Mahottari

0 Comments