Incident Reports

४ वर्षीया बालिका बलात्कृत l

2013-06-20

Chhetu Sherpa सङ्खुवासभा । ०७० असार ६ गते एक चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धुपु गाविस-२ का एक १४ वर्षीय तामाङ थरका एक बालकलाई असार ६ गते गिरफ्तार गर्‍यो । पीडित परिवारले आरोपितले बालिकालाई असार ४ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा असार ६ गते उजुरी दर्ता गराएपछि प्रहरीले बालकलाई सोही दिन गिरफ्तार गरेको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण खाँदबारी अस्पताल गरिएको प्रहरीले बतायो । आरोपित बालक जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis