Incident Reports

Man Sentenced to 13 Years in Prison for Raping Granddaughter

2013-06-21

The single bench of Kul Prasad Sharma awarded 10 years for victimizing underage girl and three years for inse[s]t. The girl’s mother, who had filed the FIR against the accused at District Police Office, turned hostile during the hearing. However, rejecting her statement, the court convicted the man on the basis of the medical record which proved the girl had been sexually violated. Durga Thapa बलात्कार आरोपित्तलाई १३ वर्ष कैदको सजाय सुर्खेत । ०७० असार ६ गते आफ्नै नातिनीलाई जबरजस्तीकरणी गर्ने एकजनालाई ०७० असार ५ गते १३ वर्षकैदको फैसला भएको छ । पाँच व नातिनीलाई जबरजस्तीकरणी गरेको अभियोग लागेका बावियाचौर-५ का दीपक सार्कीलाई जिल्ला अदालत सुर्खेतले १३ वर्ष कैद सजाय र १० हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको हो । जिल्ला अदालत सुर्खेतका न्यायाधीश कुलप्रसाद शर्माको एकल इजलासले पीडित नाबालिका भएकोले जबरजस्तीकरणीमा १० वर्ष हाडनाताकरणीमा थप ३ वर्षगरी १३ वर्ष कैद सजाय फैसला गरेको हो । छोरीलाई जबरजस्तीकरणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता गरेकी पीडित बालिकाकी आमाले अदालतमा उपस्थित भई जाहेरी दरखास्त विपरीत वकपत्र गरी पीडक ससुरालाई अपराधबाट उम्काउन असफल प्रयास गरेकी थिइन् । तर अदालतले उनको बकपत्रलाई वेवास्ता गर्दै पीडित नाबालिका भएको र अभियुक्त सार्कीले नातिनीलाई जबरजस्तीकरणी गरेको पुष्टि भएपछि अदालतले क्षतिपूर्ति सहित कैद सजाय सुनाएको श्रेस्तेदार नारायण सापकोटाले जानकारी दिए । दुर्गा थापा

0 Comments

Related Reports
Related Trend Analysis