Incident Reports

बलात्कार आरोपित्तलाई १३ वर्ष कैदको सजाय l

2013-06-21

Durga Thapa बलात्कार आरोपित्तलाई १३ वर्ष कैदको सजाय सुर्खेत । ०७० असार ६ गते आफ्नै नातिनीलाई जबरजस्तीकरणी गर्ने एकजनालाई ०७० असार ५ गते १३ वर्षकैदको फैसला भएको छ । पाँच व नातिनीलाई जबरजस्तीकरणी गरेको अभियोग लागेका बावियाचौर-५ का दीपक सार्कीलाई जिल्ला अदालत सुर्खेतले १३ वर्ष कैद सजाय र १० हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको हो । जिल्ला अदालत सुर्खेतका न्यायाधीश कुलप्रसाद शर्माको एकल इजलासले पीडित नाबालिका भएकोले जबरजस्तीकरणीमा १० वर्ष हाडनाताकरणीमा थप ३ वर्षगरी १३ वर्ष कैद सजाय फैसला गरेको हो । छोरीलाई जबरजस्तीकरणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता गरेकी पीडित बालिकाकी आमाले अदालतमा उपस्थित भई जाहेरी दरखास्त विपरीत वकपत्र गरी पीडक ससुरालाई अपराधबाट उम्काउन असफल प्रयास गरेकी थिइन् । तर अदालतले उनको बकपत्रलाई वेवास्ता गर्दै पीडित नाबालिका भएको र अभियुक्त सार्कीले नातिनीलाई जबरजस्तीकरणी गरेको पुष्टि भएपछि अदालतले क्षतिपूर्ति सहित कैद सजाय सुनाएको श्रेस्तेदार नारायण सापकोटाले जानकारी दिए । दुर्गा थापा

0 Comments

Related Reports
Related Trend Analysis