Incident Reports

पत्नीलाई कुटपिटबाट गम्भिर घाइते बनाएको आरोपमा गिरफ्तार

2017-10-24

Lumbini, Kapilbastu, Kapilbastu

कपिलवस्तु नपा-६ तिलौराकोटकी ३५ वर्षीया मजार्दी मुराउलाई ४० वर्षीय पति रामलाल मुराउले कात्तिक ७ गते बेलुकी घरमै निर्घातकुटपिट गर्दा गम्भीर घाइते भएकी छन् । पत्नी कुटपिट गर्ने मुराउलाई प्रहरीले कात्तिक ८ गते गिरफ्तार गरेको छ । पाँच वर्षअघि घर छोडेर गएका पतिले घर आएको दिन नै पत्नीमाथि अनावश्यक लान्छना लगाउँदै सम्वेदनशील अङ्गमासमेत निर्घात कुटपिट गरेको आरोप लगाएकी छन् । पतिको कुटपिटबाट गम्भीर घाइते भएकी पीडितको उपचार जिल्ला अस्पताल तौलिहवामा गरिएको पीडित महिलाले बताएकी छन् । पीडित महिलाले कात्तिक ८ गते जिल्ला प्रहरी कार्यलयमा पतिविरूद्ध उजुरी दिएपछि अनुसन्धानका लागि प्रहरीले गिरफ्तार गरेको जनाइएको छ । पीडित महिला हाल जिल्ला प्रहरी कार्यालय कपिलवस्तुस्थित महिला तथा बालबालिका सेवा केन्द्रमै रहेकी छन् । गम्भीर घाइते भएकी पीडित बसउठ गर्नसम्म नसक्ने अवस्थामा रहेकी छन् । छोराछोरीले आमालाई नकुट्न आग्रह गर्दा आरोपितले छोराछोरीलाई समेत कुटपिट गरेको पीडितले इन्सेक प्रतिनिधिलाई बताईन् । कपिलवस्तु नपा-६ तिलौराकोटकी ३५ वर्षीया मजार्दी मुराउलाई ४० वर्षीय पति रामलाल मुराउले कात्तिक ७ गते बेलुकी घरमै निर्घातकुटपिट गर्दा गम्भीर घाइते भएकी छन् । पत्नी कुटपिट गर्ने मुराउलाई प्रहरीले कात्तिक ८ गते गिरफ्तार गरेको छ । पाँच वर्षअघि घर छोडेर गएका पतिले घर आएको दिन नै पत्नीमाथि अनावश्यक लान्छना लगाउँदै सम्वेदनशील अङ्गमासमेत निर्घात कुटपिट गरेको आरोप लगाएकी छन् । पतिको कुटपिटबाट गम्भीर घाइते भएकी पीडितको उपचार जिल्ला अस्पताल तौलिहवामा गरिएको पीडित महिलाले बताएकी छन् । पीडित महिलाले कात्तिक ८ गते जिल्ला प्रहरी कार्यलयमा पतिविरूद्ध उजुरी दिएपछि अनुसन्धानका लागि प्रहरीले गिरफ्तार गरेको जनाइएको छ । पीडित महिला हाल जिल्ला प्रहरी कार्यालय कपिलवस्तुस्थित महिला तथा बालबालिका सेवा केन्द्रमै रहेकी छन् । गम्भीर घाइते भएकी पीडित बसउठ गर्नसम्म नसक्ने अवस्थामा रहेकी छन् । छोराछोरीले आमालाई नकुट्न आग्रह गर्दा आरोपितले छोराछोरीलाई समेत कुटपिट गरेको पीडितले इन्सेक प्रतिनिधिलाई बताईन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments