Incident Reports

बालिकालाई देहव्यापारमा लगाएको घटनाका आरोपित गिरफ्तार

2017-10-24

Lumbini, Rupandehi, Butwal

१७ वर्षीया बालिकालाई राम्रो जागिर दिने प्रलोभन देखाएर देहव्यापारमा लगाएको आरोपमा प्रहरीले बुटवल उमनपा-४ गोलपार्कस्थित होटल हेगन हिल्सका सञ्चालक २८ वर्षीय सुर्यबहादुर क्षेत्रीलाई कात्तिक ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले राम्रो काम दिने र छोरी समान व्यवहार गरिराख्ने भनी ललाईफकाई राखे पनि होटलमा आएका ग्राहकसँग र अन्य स्थानमा शारीरिक सम्बन्ध राख्न लगाएको भनी पीडितले कात्तिक ७ गते इलाका प्रहरी कार्यलय बुटवलमा उजुरी दिएकी थिइन् । पीडित बालिकाको उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पवनकुमार भट्टराईले बताए । पीडित बालिकालाई रुपन्देहीको एक संस्थामा राखी परामर्श दिइरहेको उनले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Female Killed 00
National/Online Media

0 Comments