Incident Reports

3 driving licence aspirants injured as police wield baton

2017-10-29

Province 1, Sunsari, Itahari

Three people were injured when police resorted to baton-charge after thousands of people turned up before the Department of Transport Management (DoTM) office in Itahari to collect coupons distributed by the office to fill up driving licence form. Service-seekers had to first receive a coupon from the office and fill a digital form with address mentioned in the coupons. But after thousands of people queued up since early Sunday morning to receive the coupon, the situation became too chaotic to handle for DoTM office, District Traffic Police and District Police Office. DoTM chief Shyam Kumar Singh said they had distributed the coupons to ease the licence form filling process. Singh said the previous process of filling and submitting form was complex and they had hoped the coupon distribution system would make it effective. The office said people have queued some three kilometers south of the office to get the coupons. Forms for driving license were opened in Koshi after a gap of nine months. The injured three persons are receiving treatment at Apex Hospital in Itahari. यातायात व्यवस्था कार्यालय कोशीको इटहरीस्थित कार्यालयमा मोटरसाइकलको लाइसेन्सका लागि फारम भर्न कुपन लिने क्रममा प्रहरीको लाठी चार्जबाट तीन घाइते भएका छन् । कुपन दिने झ्यालसम्म पुग्न लाग्दा धेरै नै ठेलमठेल भएपछि प्रहरीले लाठी प्रहार गरेको थियो । लाठी प्रहारबाट बुढीगंगा गाउपालिका–१ का टिकाराम निरौलाको टाउको चोट लागेको छ । उनीसंगै दुईजना थप घाइते भए । प्रहरीले नै इटहरीस्थित एपेक्स हस्पिटलमा निरांलाको उपचार गरेको छ । मध्यरात देखी नै सर्वसाधरणको लाइन यातायात कार्यालयमा लागेको थियो । बरगाछीदेखी लागेको सेवाग्राहीको लाइन तीन किलोमिटर दक्षिण आर्मी क्याम्पसम्म आइपुगेपछि व्यावस्थापन गर्न समस्या भएको थियो । नौं महिना पछि मोटरसाइकलको चालक अनुमपति पत्रको लागि आज फारम खुलेको हो । एकै पटक दशौं हजारले चालक अनुमति पत्रको फारम भर्नका लागि कुपन लिन जम्मा भएपछि प्रहरी, ट्राफिक प्रहरी र यातायात कार्यालयलाई भिड नियन्त्रण गर्न र चालक अनुमपति पत्रको लागि कुपन वितरण गर्न समस्या भएको हो । मध्यरातबाट नै लाइन सुरु भएपछि त्यसलाई व्यवास्थित बनाउन प्रहरी र ट्राफिकले तत्काल कार्य नथाल्दा समस्या भएको लाइन बस्नेहरु बताउँछन् । राति १ बजे देखी लाइनमा बसेर पनि कुपन नपाएका विराटनगरका प्रेम कार्कीले बताए । यातायात व्यवास्था कार्यालय, नेपाल प्रहरी र ट्राफिक प्रहरीले लाइनलाई राम्रो ब्यवास्थापन गर्न नसक्दा समस्या भएको कार्कीले बताए । यातायात कार्यालयका प्रमुख श्यामकुमार सिंह पहिले फारम वितरण गर्दा र लिदा निकै भिड भएकाले अहिले कुपन पद्धतीबाट भिड कम गर्न खोजीएपनि भिड उत्ति नै भएकाले व्यवास्थापनमा कठिनाइ भएको बताए । यो पटक डिजिटल फारम भर्ने प्रणाली आएकाले पहिले कुपन वितरण गरेर कुपनमा भएको मितिमा सेवाग्राहीको डिजिटल सिस्टमबाट सोझै कम्प्यूटरमा फारम भरिन्छ । त्यसपछि मात्र उनीहरुलाई दिइएको मितिमा लिखित र प्रयोगात्मक परिक्षा संचालन हुन्छ । कुपन लिन एकै दिन भिड लागेकाले ब्यावस्थापन गर्न केही कठिनाइ भएपनि भोलीदेखी समस्या नहुने उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media

0 Comments