Incident Reports

Demonstration in Jaleshwor-Janakpur road demanding action against the contractor

2017-10-29

One person died in a motorcycle accident after getting into the hole that was made by the contractor to construct a culvert. The motorcycle fell 4 feet down in the hole on the way to Bhittamod to Janakpur. 23 years old motorcycle driver died in the accident after which the local people of that place started the demonstration by blocking Bhittamod-Janakpur road. ठेकेदारले कलर्भट निर्माणका लागि खनेको खाल्डोमा सवारी दुर्घटना भई एकजनाको ज्यान गएपछि स्थानीयले आइतबार बिहानैदेखि जलेश्वर जनकपुर सडक अवरुद्ध पारे । भिट्ठामोडबाट जनकपुरतर्फ जाँदै गरेको ज५प३२२० नंको मोटरसाइकलले शनिबार राति खयराचोकनजिकको ठेकेदारले अलपत्र छाडेको खाल्डोमा ४ फिट तल खस्न गई जनकपुर उपमानपा-२१ का २३ वर्षीय मोटरसाइकल चालक जीतेन्द्र महासेठको मृत्यु भएपछि स्थानीय जनता ठेकेदारविरुद्ध आन्दोलनमा उत्रेका हुन् । जलेश्वर नगरपालिकाका ३ जना वडाध्यक्षहरु वरुण दहाल, सञ्जय पाण्डे र रवीन्द्र साह तथा जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष कृपाशंकर साहले ३ सुत्रीय माग राख्दै दुर्घटनास्थलनजिकै धर्ना दिन थालेपछि आवागमन ठप्प भएको थियो । उनीहरुले मृतक परिवारलाई क्षतिपूर्ति, ठेकेदारलाई कारबाही र अलपत्र छाडिएको सडक निर्माण तत्काल सुरु गर्नु पर्ने माग राखेका छन् । उनीहरुप्रति ऐक्यबद्धता जनाउँदै स्थानीयले ठाउँठाउँमा टायर बालेर तथा ढुङ्गामुढा तेर्साएर जडक जाम गर्नुका साथै सडक ठेकेदारविरुद्ध नाराबाजी गरेका थिए । अति व्यस्त जलेश्वर जनकपुर सडक अवरुद्ध भएपछि सयौं सर्वसाधारणले सास्ती पाएका थिए भने नेपाल-भारत आयात व्यापारसमेत प्रभावित बनेको जिल्ला भन्सारले जनाएको छ । जनप्रतिनिधि नै धर्नामा बसेपछि प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, प्रहरी उपरीक्षक कुवेर कडायत र घटनास्थल पुगेको थिए । प्रशासन र आन्दोलनकारीबीच छलफल भएपछि अपराह्नपछि सडक खुलाउने सहमति भएको वडाध्यक्ष दहालले जनाए । प्रजिअ श्रेष्ठकाअनुसार पीडित परिवार, निर्माण व्यवसायी, हुलाकी सडक आयोजना प्रमुख तथा स्थानीयबीच सडक निर्माण र क्षतिपूर्तिबारे छलफल गरिने समझदारीपछि सडक अवरोध अन्त्य गर्ने सहमति भएको हो । गतवर्ष तत्कालीन यातायात मन्त्री रमेश लेखकले शिलान्यास गरेको भारतीय सीमा जोड्ने जनकपुर जलेश्वर भिट्ठामोड १८ किमि सडक ठेकेदार पट्टु रोशन जेभी कन्ट्रक्सन र प्रतिभा वाईपी जेभीले सम्झौता बमोजिम काम नगर्दा दिनहुँजसो दुर्घटना हुँदै आएको छ । २० मिनेटमा जनकपुर पुग्नु पर्ने उक्त जर्जर सडकमा यात्रा गर्न २ घण्टा बढी समय लाग्ने गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari

0 Comments