Incident Reports

जग्गाको विषयमा दुई छोरा मिलेर बाबुको हत्या

2017-10-31

Madhes, Bara, Jitpur Simara, Ward 20

बारामा जग्गाको अंशसम्बन्धी विषयलाई लिएर छोराहरुमाथि बाबुको हत्या गरेको अभियोग लागेको छ । बिहानै ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका–२० इनर्वाशिरा निवासी ५५ वर्षका हीरालाल महतोलाई उनका छोराहरु सुशील र सुनिल मिली बाँसको भाटाले टाउकालगायत शरीरका अन्य भागमा हानेका थिए । गम्भीर घाइते भएका उनको कलैया अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्जस्थित हेल्थकेयरमा लगिएको थियो । त्यहाँ उपचारका क्रममा बिहान पौने १० बजे ज्यान गएको प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिनुभयो । महतोको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अभियुक्त सुशील र सुनिललाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरी उपरीक्षक राजकुमार वैधवारले बताउनुभयो । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments

Related Reports