Incident Reports

तीन ठूला दलबाट प्रतिनिधि र प्रदेशसभा दलित समुदायलाई टिकट नदिएको भन्दै सामुहिक पार्टी छोड्ने दलित नेताहरुको चेतावनी

2017-11-01

Bagmati, Kathmandu, Kathmandu

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा दलित समुदायहरुलाई टिकट नदिएको भन्दै ठूला तीन दलका दलित नेताहरुले सामुहिक रुपमा पार्टी छोड्ने चेतावनी दिएका छन् । दलित अनलाइन डटकमसँग कुराकानी गर्दैै तीन पार्टीका दलित नेताहरुले प्रयोग गर्ने समयमा दलित समुदायलाई महान बनाउने र शासन सत्तामा पु¥याउने बेलामा दलित समुदाय विभेदकारी दृष्टिकोणबाट हेर्ने प्रवृत्ति कायम रहेको भन्दै पार्टीभित्र अन्तिम संघर्ष गर्ने दावी गर्दैै सामुहिक रुपमा पार्टी छोड्ने चेतावनी दिएका हुन् । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले एक जना र एमालेबाट एक जना दलित उम्मेदवार बनाएपछि दलित नेताहरु रुष्ट बनेका छन् । कांग्रेसबाट एकजना दलितलाई पनि टिकट दिइएको छैन । नेपाली कांग्रेसका एक नेताले नाम नभन्ने शर्तमा भने , हिजोदेखि लोकतान्त्रिक प्रजातान्त्रिक आन्दोलन हुँदै पार्टीमा सक्रियपूर्वक लाग्दा समेत टिकट नदिने , दलितहरुलाई भोट व्याङक मात्रै बनाउने पार्टी चरित्रको विकास भएको छ । यस्तो पार्टीहरुमा दलितहरु चुपचाप बसेर काम हुँदैन अब ,उनले भने ,‘ पैसा कमाउने माध्यम बनेको छ ,टिकट दिने प्रवृत्ति ।’ आफैलाई लोकतन्त्रको हिमायती र समानुपातिक समावेशीको दावी गर्ने पार्टीले दलित समुदायलाई हेर्ने दृष्टिकोण अझै पनि विभेदकारी रहेको भन्दै पार्टी संगठनभित्र चर्को आलोचना सुरु भएको हो । ढिलो गरी अभियान चाल्ने दलित आन्दोलन पनि चुपचाप कोठे बहसमै विरोधका लागि विरोध मात्रै गरिरहेको छ । अझै कतिपयलाई त विरोध गरौ पार्टीले टिकट दिदैनन् ,नगरौं संगठनभित्र मुख कसरी देखाउने जस्तो भएको एक नेताले बताए । बाध्य भएर उभिएको जस्तो भएको छ यतिवेला उनले भने, जिल्ला र क्षेत्रतिर नाम सिफारिस भयो होला भनेर फोन आउन थालेको छ, यहाँ पार्टीले नाम समेत लिदैनन्, निकै दोधारमा परियो । यतिवेला पार्टी परिर्वतन गरौ,म्यासेज नराम्रो जाने, पार्टीमा सम्मानजनक रहने अवस्था छैन ,उनले पनि नाम नराख्न अनुरोध गरे । बाम गठबन्धन भएसँगै केही दलित नेताहरुलाई आशा पलाएको थियो । सुरुमा स्थायी समितिका नेताहरुको नाम समेत चर्चामा थियो ,एमालेभित्र । तर नाम चलेका नेताहरुको त कुरै छोडौ,धेरै सक्रिय र योगदान दिएका नेताहरुको नाम निशाना समेत उम्मेदवारमा नपरेपछि आफ्नै पार्टीलाई कतिपय नेताहरुले गाली गर्ने थालेका छन् । ‘पहिला चुनावमा महिलाको अनिवार्य भयो, यो पल्ट त सबैले तपाईको टिकट सुनिश्चित छ भनेको थिए । अहिले परिएन् अब कहिले परिने हो,उनले भने, ‘हाम्रो पार्टी पनि काम नलाग्ने पार्टी भयो अब पार्टीमा बसिरहने अवस्था रहदैन् ।’ माओवादी केन्द्रले ३७ निर्वाचन क्षेत्र र ७४ प्रदेश सभाको उम्मेदवारमा दलित समुदायबाट एक जना मात्र अटाएपछि पार्टीभित्र सक्रिय र प्रत्यक्ष समेत चुनाव जित्ने सक्ने नेताहरु रहेको भन्दै दलित नेताहरुले पार्टीले दलित समुदायलाई हेर्ने विचारमा समस्या रहेको एक नेताले बताए । समावेशी र समानुपातिकको नारा फलाक्ने माओवादी र एमालेले शासन सञ्चालन गर्ने महत्वपूर्ण ठाउँमा भने दलित समुदायलाई वेवास्ता गरेको छ । देशमा गणतन्त्रको स्थापना भएर संविधान समावेशी सिद्धान्तलई अंगीकार गरेको भए पनि देशका मुख्य पार्टीहरुले नै यसको खिल्ली उडाउन थालेसँगै दलित समुदायभित्र समेत यसको बहस सुरु भएको छ । एमालेले ३२ वटा जिल्लाको उम्मेदवारको टुंगो लगाउँदा मुगु (ख) बाट दानसिंह परियार मात्र उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले रुकुम पश्चिमबाट रातु कामीलाई उम्मेदवार बनाएको छ । पार्टीमा बाहुनवाद र परिवारवाद हावी हुँदै गएकाले दलित र समाबेशीको मुद्दालाई पाखा लगाउँदै गएको हेडक्वार्टर सदस्यले भने, ‘दलित समुदायका नेताहरु पनि माओवादीमा एस म्यान बनेका छन् । माथिल्लो पोस्टमै भएका साथीहरुले पनि यस विषयमा कुरा उठाउन सक्दैनन् । परिणाम त पार्टीमा दलितको मुद्दा ओझेल पर्दै गएको छ ।’ उनले भने, ‘दुःख पर्दा हामी दलितहरुले पार्टी बनायौँ, ज्यानको आहुती दिन पनि पछि परेनौँ । तर, पार्टी सुखमा हुँदा हामीलाई विर्सन थाल्यो ।’ दलितहरुसँग विद्रोह गर्न सक्ने नेताहरुको अभावमा पनि समस्याहरु झन् गम्भीर बन्दै गएको ती नेताको भनाई छ । पार्टीलाई ब्राहमण समुदायकाहरुले एकलौटि रुपमा कब्जा जमाउन थालेको समेत उनले बताए । आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा दलित समुदायहरुलाई टिकट नदिएको भन्दै ठूला तीन दलका दलित नेताहरुले सामुहिक रुपमा पार्टी छोड्ने चेतावनी दिएका छन् । दलित अनलाइन डटकमसँग कुराकानी गर्दैै तीन पार्टीका दलित नेताहरुले प्रयोग गर्ने समयमा दलित समुदायलाई महान बनाउने र शासन सत्तामा पु¥याउने बेलामा दलित समुदाय विभेदकारी दृष्टिकोणबाट हेर्ने प्रवृत्ति कायम रहेको भन्दै पार्टीभित्र अन्तिम संघर्ष गर्ने दावी गर्दैै सामुहिक रुपमा पार्टी छोड्ने चेतावनी दिएका हुन् । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले एक जना र एमालेबाट एक जना दलित उम्मेदवार बनाएपछि दलित नेताहरु रुष्ट बनेका छन् । कांग्रेसबाट एकजना दलितलाई पनि टिकट दिइएको छैन । नेपाली कांग्रेसका एक नेताले नाम नभन्ने शर्तमा भने , हिजोदेखि लोकतान्त्रिक प्रजातान्त्रिक आन्दोलन हुँदै पार्टीमा सक्रियपूर्वक लाग्दा समेत टिकट नदिने , दलितहरुलाई भोट व्याङक मात्रै बनाउने पार्टी चरित्रको विकास भएको छ । यस्तो पार्टीहरुमा दलितहरु चुपचाप बसेर काम हुँदैन अब ,उनले भने ,‘ पैसा कमाउने माध्यम बनेको छ ,टिकट दिने प्रवृत्ति ।’ आफैलाई लोकतन्त्रको हिमायती र समानुपातिक समावेशीको दावी गर्ने पार्टीले दलित समुदायलाई हेर्ने दृष्टिकोण अझै पनि विभेदकारी रहेको भन्दै पार्टी संगठनभित्र चर्को आलोचना सुरु भएको हो । ढिलो गरी अभियान चाल्ने दलित आन्दोलन पनि चुपचाप कोठे बहसमै विरोधका लागि विरोध मात्रै गरिरहेको छ । अझै कतिपयलाई त विरोध गरौ पार्टीले टिकट दिदैनन् ,नगरौं संगठनभित्र मुख कसरी देखाउने जस्तो भएको एक नेताले बताए । बाध्य भएर उभिएको जस्तो भएको छ यतिवेला उनले भने, जिल्ला र क्षेत्रतिर नाम सिफारिस भयो होला भनेर फोन आउन थालेको छ, यहाँ पार्टीले नाम समेत लिदैनन्, निकै दोधारमा परियो । यतिवेला पार्टी परिर्वतन गरौ,म्यासेज नराम्रो जाने, पार्टीमा सम्मानजनक रहने अवस्था छैन ,उनले पनि नाम नराख्न अनुरोध गरे । बाम गठबन्धन भएसँगै केही दलित नेताहरुलाई आशा पलाएको थियो । सुरुमा स्थायी समितिका नेताहरुको नाम समेत चर्चामा थियो ,एमालेभित्र । तर नाम चलेका नेताहरुको त कुरै छोडौ,धेरै सक्रिय र योगदान दिएका नेताहरुको नाम निशाना समेत उम्मेदवारमा नपरेपछि आफ्नै पार्टीलाई कतिपय नेताहरुले गाली गर्ने थालेका छन् । ‘पहिला चुनावमा महिलाको अनिवार्य भयो, यो पल्ट त सबैले तपाईको टिकट सुनिश्चित छ भनेको थिए । अहिले परिएन् अब कहिले परिने हो,उनले भने, ‘हाम्रो पार्टी पनि काम नलाग्ने पार्टी भयो अब पार्टीमा बसिरहने अवस्था रहदैन् ।’ माओवादी केन्द्रले ३७ निर्वाचन क्षेत्र र ७४ प्रदेश सभाको उम्मेदवारमा दलित समुदायबाट एक जना मात्र अटाएपछि पार्टीभित्र सक्रिय र प्रत्यक्ष समेत चुनाव जित्ने सक्ने नेताहरु रहेको भन्दै दलित नेताहरुले पार्टीले दलित समुदायलाई हेर्ने विचारमा समस्या रहेको एक नेताले बताए । समावेशी र समानुपातिकको नारा फलाक्ने माओवादी र एमालेले शासन सञ्चालन गर्ने महत्वपूर्ण ठाउँमा भने दलित समुदायलाई वेवास्ता गरेको छ । देशमा गणतन्त्रको स्थापना भएर संविधान समावेशी सिद्धान्तलई अंगीकार गरेको भए पनि देशका मुख्य पार्टीहरुले नै यसको खिल्ली उडाउन थालेसँगै दलित समुदायभित्र समेत यसको बहस सुरु भएको छ । एमालेले ३२ वटा जिल्लाको उम्मेदवारको टुंगो लगाउँदा मुगु (ख) बाट दानसिंह परियार मात्र उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले रुकुम पश्चिमबाट रातु कामीलाई उम्मेदवार बनाएको छ । पार्टीमा बाहुनवाद र परिवारवाद हावी हुँदै गएकाले दलित र समाबेशीको मुद्दालाई पाखा लगाउँदै गएको हेडक्वार्टर सदस्यले भने, ‘दलित समुदायका नेताहरु पनि माओवादीमा एस म्यान बनेका छन् । माथिल्लो पोस्टमै भएका साथीहरुले पनि यस विषयमा कुरा उठाउन सक्दैनन् । परिणाम त पार्टीमा दलितको मुद्दा ओझेल पर्दै गएको छ ।’ उनले भने, ‘दुःख पर्दा हामी दलितहरुले पार्टी बनायौँ, ज्यानको आहुती दिन पनि पछि परेनौँ । तर, पार्टी सुखमा हुँदा हामीलाई विर्सन थाल्यो ।’ दलितहरुसँग विद्रोह गर्न सक्ने नेताहरुको अभावमा पनि समस्याहरु झन् गम्भीर बन्दै गएको ती नेताको भनाई छ । पार्टीलाई ब्राहमण समुदायकाहरुले एकलौटि रुपमा कब्जा जमाउन थालेको समेत उनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Dalit
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports