Incident Reports

HR Organizations Initiate Treatment of Woman Seriously Injured in Rape

2013-06-23

Kapilbastu/June 23 The woman who was seriously injured after being raped has been sent to Prasuti Griha, Thapathali in Kathmandu in the initiation taken by INSEC and supported by Sathi and district-based Gender Violence Coordination Committee among others. INSEC representative found out about the status of the woman during the monitoring and contacted other organizations for her support on June 23. She had bruises all over her body and serious injuries to her private parts. The woman was raped by an unidentified man as she was heading for maternal home on June 16. The locals had found her deeply traumatized the next morning and took her to her maternal home on June 17. The family brought her to home on June 18 without any treatment. She was taken to the Pipara Hospital and then to the Lumbini Zonal Hospital, Butwal after the local women found out about the incident on June 19. The Zonal Hospital referred her to Bir Hospital Kathmandu but the family said they could not afford that and brought her back home on June 21. After learning about the issue, INSEC Kapilbastu DR informed INSEC Western Regional Office about it. Regional coordinator Shiva Khakurel then managed to coordinate with Sathi leading it to instruct its district office to provide financial support to the victim’s family to take her to Kathmandu. CDO Krishan Chandra Ghimire provided ambulance expenses from Gender Violence Reduction Fund while other expenses will be covered by Sathi. Pipara Area Police Office said it was investigating the incident. Nandaram Poudel कपिलवस्तु । ०७० असार ९ गते एक साताअघि बलात्कृत भई गम्भीर अवस्थामा रहेकी एक महिलालाई इन्सेक जिल्ला प्रतिनिधिको पहल तथा साथी संस्थाको सहयोगमा उपचारका लागि काठमाण्डौ थापाथली स्थित प्रसुतीगृहमा थप उपचारको लागि पठाइएको छ । इन्सेक, साथी संस्था, जिल्लास्थित लैगिंक हिंसा समन्वय समिति र अन्य संघसंस्थाको समन्वयमा पीडितलाई उपचारका लागि काठमाण्डौ लगिएको हो । ०७० असार ९ गते स्थलगत अनुगमनको क्रममा बलत्कृत महिलाको गम्भीर अवस्था देखेपछि तत्काल एम्बुलेन्सको व्यवस्था मिलाई काठमाण्डौं पठाइएको हो । पीडित महिलालाई गत असार २ गते हथौसा गाविसको मैरी जाने क्रममा अज्ञात व्यक्तिले कुटपिट गरी जबरजस्ती बलत्कार गरेका थिए । बलात्कार भएका कारण उनका शरीरका विभिन्न स्थानमा निलडाम परेका घाउ र यौनाङ्गहरूमा गहिरो चोटपटक देखिएको छ । बलात्कृत भएपछि उनी मानसिक रुपमा विक्षिप्त भएपछि घटनाको दोश्रो दिनसम्म उनी घटना स्थलमै रहेकी थिइन् । स्थानिय व्यक्तिले असार ३ गते साँझ माइतीलाई खबर गरेकोमा माइती पक्षले पुन असार ४ गते साँझ घरमा लगी दिएका थिए । घरमा रहेकी मानसिक रुपमा विक्षिप्त रहेकी महिलालाई स्थानिय महिलाले थाहा पाएपछि असार ५ गते मात्र उनलाई उपचारका लागि पिपरा अस्पताल हुदै लुम्बिनी अञ्चल अस्पताल पुर्याइएको थियो । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा आवश्यक उपचार हुन नसक्ने भएपछि उनलाई अञ्चल अस्पतालले थप उपचारका लागी काठमान्डौको बिर अस्पतालमा रिफर गरेको थियो । तर घरको आर्थिक अवस्थाले उपचार गराउन नसक्ने भन्दै परिवारका सदस्यले असार ७ गते पुन घर लिएर आएका थिए । बलात्कृत महिलाको उपचार हुन नसकेको घटनाको सूचना पाएपछि इन्सेक जिल्ला प्रतिनिधि नन्दराम पौडेलले इन्सेक क्षेत्रीय कार्यालयमा जानाकारी गराएको र इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिवखकुरेलले साथी संस्थाको केन्द्रीय कार्यालयमा समन्वय गरेपछि उनको उपचारको वातावरण बनेको हो । साथी संस्था केन्द्रले जिल्लास्थित साथी संस्थालाई सहयोग पुर्‍यान भनेपछि असार ९ गते साथी संस्थाका संयोजक खगप्रसाद चापागाई, साथी महिला आश्रय गृह संयोजक माया ज्ञवाली, इन्सेक जिल्ला प्रतिनिधि नन्दराम पौडेल र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष मनोज पौडेल लगायतको टोली स्थलगत अनुगमनपछि उपचारको लागि व्यवस्था मिलाइ काठमाण्डौ पठाएको हो । बलात्कृत महिलालाई उपचारका लागी काठमाण्डौ पुर्याउनका लागी आवश्यक पर्ने एम्बुलेन्सको सुविधा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेको समन्वयमा जिल्लास्थित लैगिंक हिंसा निवारण कोषबाट व्यवस्था गर्ने र तत्कालका लागि अन्य उपचार खर्च साथी संस्थाले सहयोग गर्ने गरी उनलाई उपचारका लागि काठमाण्डौ लगिएको संस्थाका जिल्ला संयोजक खगप्रसाद चापागाईले जानकारी दिए । यता घटना र घटनाका पीडक बारे आवश्यक अनुसन्धान अगाडि बढेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis