Incident Reports

बलात्कृत महिलालाई इन्सेक र साथी संस्थाको पहलमा उपचार l

2013-06-23

Nandaram Poudel कपिलवस्तु । ०७० असार ९ गते एक साताअघि बलात्कृत भई गम्भीर अवस्थामा रहेकी एक महिलालाई इन्सेक जिल्ला प्रतिनिधिको पहल तथा साथी संस्थाको सहयोगमा उपचारका लागि काठमाण्डौ थापाथली स्थित प्रसुतीगृहमा थप उपचारको लागि पठाइएको छ । इन्सेक, साथी संस्था, जिल्लास्थित लैगिंक हिंसा समन्वय समिति र अन्य संघसंस्थाको समन्वयमा पीडितलाई उपचारका लागि काठमाण्डौ लगिएको हो । ०७० असार ९ गते स्थलगत अनुगमनको क्रममा बलत्कृत महिलाको गम्भीर अवस्था देखेपछि तत्काल एम्बुलेन्सको व्यवस्था मिलाई काठमाण्डौं पठाइएको हो । पीडित महिलालाई गत असार २ गते हथौसा गाविसको मैरी जाने क्रममा अज्ञात व्यक्तिले कुटपिट गरी जबरजस्ती बलत्कार गरेका थिए । बलात्कार भएका कारण उनका शरीरका विभिन्न स्थानमा निलडाम परेका घाउ र यौनाङ्गहरूमा गहिरो चोटपटक देखिएको छ । बलात्कृत भएपछि उनी मानसिक रुपमा विक्षिप्त भएपछि घटनाको दोश्रो दिनसम्म उनी घटना स्थलमै रहेकी थिइन् । स्थानिय व्यक्तिले असार ३ गते साँझ माइतीलाई खबर गरेकोमा माइती पक्षले पुन असार ४ गते साँझ घरमा लगी दिएका थिए । घरमा रहेकी मानसिक रुपमा विक्षिप्त रहेकी महिलालाई स्थानिय महिलाले थाहा पाएपछि असार ५ गते मात्र उनलाई उपचारका लागि पिपरा अस्पताल हुदै लुम्बिनी अञ्चल अस्पताल पुर्याइएको थियो । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा आवश्यक उपचार हुन नसक्ने भएपछि उनलाई अञ्चल अस्पतालले थप उपचारका लागी काठमान्डौको बिर अस्पतालमा रिफर गरेको थियो । तर घरको आर्थिक अवस्थाले उपचार गराउन नसक्ने भन्दै परिवारका सदस्यले असार ७ गते पुन घर लिएर आएका थिए । बलात्कृत महिलाको उपचार हुन नसकेको घटनाको सूचना पाएपछि इन्सेक जिल्ला प्रतिनिधि नन्दराम पौडेलले इन्सेक क्षेत्रीय कार्यालयमा जानाकारी गराएको र इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिवखकुरेलले साथी संस्थाको केन्द्रीय कार्यालयमा समन्वय गरेपछि उनको उपचारको वातावरण बनेको हो । साथी संस्था केन्द्रले जिल्लास्थित साथी संस्थालाई सहयोग पुर्‍यान भनेपछि असार ९ गते साथी संस्थाका संयोजक खगप्रसाद चापागाई, साथी महिला आश्रय गृह संयोजक माया ज्ञवाली, इन्सेक जिल्ला प्रतिनिधि नन्दराम पौडेल र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष मनोज पौडेल लगायतको टोली स्थलगत अनुगमनपछि उपचारको लागि व्यवस्था मिलाइ काठमाण्डौ पठाएको हो । बलात्कृत महिलालाई उपचारका लागी काठमाण्डौ पुर्याउनका लागी आवश्यक पर्ने एम्बुलेन्सको सुविधा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेको समन्वयमा जिल्लास्थित लैगिंक हिंसा निवारण कोषबाट व्यवस्था गर्ने र तत्कालका लागि अन्य उपचार खर्च साथी संस्थाले सहयोग गर्ने गरी उनलाई उपचारका लागि काठमाण्डौ लगिएको संस्थाका जिल्ला संयोजक खगप्रसाद चापागाईले जानकारी दिए । यता घटना र घटनाका पीडक बारे आवश्यक अनुसन्धान अगाडि बढेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis