Incident Reports

राजधानीमा गोली चलाउने दुई भारतीय पक्राउ, एक थान पेस्तोल र ५० राउण्ड गोली बरामद

2017-11-01

Bagmati, Kathmandu, Kathmandu, Ward 28

बुधबार साँझ काठमाडौंको कमलादीमा गोली चलेको छ । साँझ कमलादीको हेरिटेज प्लाजामा रहेको होटलमा गोली चलेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ। होटलमा गोली चले लगत्तै प्रहरीले दुर्इ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतको लुदियानाका गगनदीप सिंह र जसबिन सिंह रहेका छन् । प्रहरीका अनुसार उनीहरु मंगलबार साँझ कमलादीस्थित होटल हिमालय दर्शनमा आएर बसेका थिए । गोली काण्डको अनुसन्धान नेपाल प्रहरीको विशेष ब्यूरोले हेर्ने भएको छ । भी एक्स आई मोडलको स्वीफ्ट गाडीमा सुनौलीबाट काठमाडौं आएका थिए । प्रहरीले युपी नम्बर प्लेटको उक्त स्वीफ्ट गाडी पनि हिमालय दर्शन होटलबाट नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै भारतीय नागरिकमाथि आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एउटा पेस्तोल र ५० राउण्ड गोली बरामद भएको छ । हेरिटेजस्थित होटलमा खाजा खाएपछि पैसा तिर्ने विषयमा विवाद हुँदा ती भारतीयले एक राउण्ड हवाई फायरिङ गरेका थिए । कुनै मानवीय क्षति भने भएको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments

Related Reports