Incident Reports

बहुविवाह घटनाका अरोपितद्वय गिरफ्तार

2017-10-26

Province 1, Panchthar, Kummayak, Ward 1

Mangal Begha

बहुविवाह गरेको आरोपमा प्रहरीले कुम्मायक गाउँपालिका १ का ३४ वर्षीय विरेन्द्रकुमार लावती र काभ्रेपलाञ्चोककी २७ वर्षीया भीममाया तामाङलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ । आरोपित लावतीकी २७ वर्षीया पत्नी रूपा तामाङ लावतीले दिएको उजुरीका आधारमा आरोपितद्वयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले बताए । पीडितले कात्तिक ९ गते आरोपितद्वयविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितहरूले कातिक ७ गते विवाह गरेकोले कानुनी कारबाहीका लागि उजुरी दिएको पीडितले बताइन् ।

0 Comments