Incident Reports

सल्यानको वडा कार्यालय तोडफोड

2017-11-02

Karnali, Salyan, Chhatreshwori, Ward 4

सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं ४ को वडा कार्यालयमा बिहीबार राति नचिनेको समूहले तोडफोड गरेको छ । गएराति झण्डै १२ बजेतिर पहिचान नखुलेको एक समूहले कार्यालयको ताला फोडेर फरार भएको छ । वडा कार्यालयको ताला तोडफोड गरी झन्डै २ लाख रुपैयाँ बराबरको क्षति गरेको वडा अध्यक्ष राज बहादुर बुढाथोकीले जानकारी दिनुभयो । अपरिचित समूहले कार्यालय भित्रको कम्प्यूटर, फोटोकपी मेशिन, सोलार, कुर्सी, दराज पूर्ण रुपमा तोडफोड गरेको बुढाथोकीले बताउनुभयो । महत्वपूर्ण कागकाज जलाइएको र केही पानीमा फालिएको अवस्थामा फेला परेको बताइएको छ । कार्यालयमा रहेको सामाजिक सुरक्षा भत्ताको ९ लाख ७० हजार रुपैयाँ केही नचलाइएको बुढाथोकीको भनाइ छ । तोडफोडमा संलग्नहरुको खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments