Incident Reports

Gandaki Medical College tensed following the death of woman

2017-11-04

Gandaki, Kaski, Pokhara Lekhnath

Gandaki Medical College in Lekhnath municipality in Kaski district has been tensed on Saturday following the death of a pregnant woman. The relatives of the deceased started protesting at the main gate of the hospital by burning tire. They have accused the doctor's negligence as a cause of her death. They have demanded action against the doctors invoved in the treatment. But the hospital administration has denied the blamed. चिकित्सकको लापरबाहिले सुत्केरीको मृत्यु भएको भन्दै पोखरा लोखनाथमहानगरपालिका ९ नयाँबजारस्थित गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा शनिबार दिनभर तनाब भएको छ । स्याङ्जा जिल्ला अर्जुन चौपारी घरभई हाल पोखरा ९ नागढुङ्गा बस्ने वर्ष १९ की गीता अर्यालको मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको हो । आक्रोशित मृतकका आफन्तले अस्पताल अगागि सडक बन्द गरी टायर बालेर चिकित्सक , अस्पताल, प्रशासन र प्रहरी विरुद्ध नाराबाजी गरे पछि प्रहरिले बल प्रयोग उनिहरुलाई तितर बितर पारेर बन्द सडक खुलाएको थियो । आन्दोलनका कारण अस्पताल वरिपरि दिनभर तनाबमय बनेको थियो । यस अघि आफन्तले मेडिकल कलेजमा तालाबन्दी समेत गरेका थिएभने लगतै प्रहरिले तालाबन्दी खुलाएको थियो । हाल अस्पताल परिसरमा प्रहरि परिचालन गरिएको छ । सुत्केरीको व्यथाले च्यापेपछि १० कात्तिकको बेलुका आफन्तसँगै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुगेकी गीतालाई त्याहाँ शैय्या खाली नभएपछि गण्डकी मेडिकल कलेजमा पुगेकी थिइन । अर्यालको ११ कात्तिकमा अप्रेशन गरि छोरा जन्मिएको थियो । अप्रेशनपछि बच्चालाई सकुशल निकालएिको भएपनि आमा भने सोहीदिन देखि बेहोस भएकी थिइन । त्यसपछि उनलाई उपचारको लागि भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गराइरहेकी उनलाई १७ गते शुक्रबार बिहान ५ बजे अस्पतालले मृत घोषणा गरेको थियो । अर्यालका आफन्तले अप्रेसनका क्रममा उनको मृत्यु भएको र उपचारमा संलग्न चिकित्सककको लापरबाही लुकाउन अस्पतालले भेन्टिलेटरमा लगेर राखेको आरोप लगाएका छन् । अर्यालका जेठाजु राजन अर्यालले अप्रेसनपछि अस्पतालले आफूहरुलाई बिरामी भेट्न र बिरामीको अवस्थाका बारेमा समेत सामान्य जानकारी मात्र दिएर एक्कासी एक सातापछि मृत घोषणा गरेको बताए । अप्रेशन गर्दाकै समयमा बुहारिको मृत्यु भएको र एक हप्तासम्म बेहोस् भन्दै घटना लुकाएको उनको आरोप छ । ‘अस्पतालले कहिले सुप, जाउलोसमेत मगाउथे हामिले लगेर दिन्थ्यौँ । तर कहिलेपनि हामीलाई हेर्न दिइएन’ जेठाजु अर्यालले भने । अप्रेसनकै क्रममा मृत्यु भएकार र अस्पतालले अन्तिममा सकिएन भन्नका लागि एक सातासम्म राखेको मृतकका परिवारको आरोप छ । अर्यालका अनुसार उपचारका क्रममा डाक्टरहरुले कहिले ज्वरो, प्रेसर र कहिले निमोनिया भन्दै एक सातासम्म दिनमा २५÷४० हजारसम्म औषधि किन्न खर्च गराएको पनि बताए । आफन्तले दोषी चिकित्सकलाई कारबाही, बच्चाको संरक्षण र क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन । माग पुरा नभएसम्म शब नउठाउने मृतकका परिवारले चेतावनी दिए । डा. टीका गुरुङ र सन्दीप न्यौपानेसँग टीमले गिताको अप्रेशन गरेको र उनीहरुलाई सोधपुछका भेट्न खोज्दा अस्पताल प्रशासनले नदिएको मृतकका परिवारको गुनासो छ । कक्षा १२ मा पढ्दै गरेकी पर्वत लुंखुदेउराली माईत भएकी मृतक गीताको गत मंसिरमा बिहे भएको थियो । उनका श्रीमान् कृष्ण अर्याल हाल रोजगारीका सिलसिलामा युएईमा छन् । घटना बारे अस्पतला प्रशासनले उपचारका क्रममा आफहुरुको कुनै गल्ति नभएको बताएको छ । उनले अस्पतालको गल्ति कहाँनेर भयो सो पुष्टि गर्न मृतकका आफन्तलाई जवाफ फर्काको छ । अस्पताल र मृतकका आफन्तबीच आइतबार जिल्ला प्रशासन कार्यलय कास्कीमा छलफल हुने कास्की प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments