Incident Reports

सडक निर्माणको रकम भुक्तानी नदिएको भन्दै गाविस सचिवमाथि हातपात l

2013-06-21

Bagmati, Ramechhap, Manthali

Nabaraj Pathik रामेछाप । ०७० असार ८ गते सडक मर्मतका लागि गाविसमा परेको योजनाको पैसा तत्काल भुक्तानी माग गर्दै रामेछाप जिल्लाको गेलु गाविसका नेकपा माओवादीका कार्यकर्ताले ०७० असार ७ गते गाविस सचिवमाथि सरमुकाम मन्थलीस्थित कार्यालयभित्रै हातपात गरेका गरेका छन् । योजनाका लागि हालसम्म जिल्ला विकास समितिले पैसा निकासा पनि नगरेको तथा काम भएनभएको यकिन नभएको हुँदा कानूनी प्रक्रिया पूरा नभई तत्काल पैसा दिन नमिल्ने बताएपछि गेलु गाविस ४ का माओवादी कायर्ककर्ता प्रहृलाद केसीले आफूमाथि कार्यालयमा काम गरिरहेकै अवस्थामा हातपात गरेको गेलु गाविसका सचिव फणिन्द्र महताराले बताए । कुटपिट भएपछि पीडित गाविस सचिव महतारासहितको गाविस सचिवको टोली सुरक्षा र न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय रामेछाप पुगेको थियो । गेलु गाविसको पशुपति-साउनेपानी सडक मर्मत योजनाको काम गरेको कागज लिएर पैसा माग गर्दै पुगेका उनले गाविस सचिवमाथि हातपात गरेको गाविस सचिवको आरोप छ । केसी सो सडक उपभोक्ता समितिको आधिकारिक व्यक्तिसमेत नभएको र आफूले समितिका आधिकारिक व्यक्ति नभई आफूले कुनै पनि काम गर्न नसक्ने बताएका थिए । नवराज पथिक

0 Comments

Related Reports
Related Trend Analysis