Incident Reports

किशोरीलाई बलात्कारको आरोपमा युवक पक्राउ l

2013-06-21

Pratap Bishta मकवानपुर । ०७० असार ८ गते किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई काठमाण्डौ मच्छेगाउँ बस्ने २५ वर्षीय श्यामलाल श्रेष्ठले ०७० असार ६ गते स्थानीय खोलाछेउमा लगेर बलात्कार गरेको पीडितको भनाइ छ । बलात्कारपछि फरार भएका श्रेष्ठलाई ०७० असार ७ गते मच्छेगाउँबाट पक्राउ गरेर इप्रका पालुङ ल्याइएको छ । गोठालो गएको समयमा श्रेष्ठले आफूलाई मुख थुनेर बलात्कार गरेको किशोरीले इप्रका पालुङका समक्ष वताएकी छिन् । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis