Incident Reports

दोलखा मेलुङ प्रहरी चौकीमै कुटिइन् निर्वाचित दलित महिला

2017-11-02

Bagmati, Dolakha, Melung

दोलखा मेलुङ प्रहरी चौकीमै निर्वाचित दलित महिला कुटिइएकी छिन्। मेलुङ प्रहरी चौकीले कार्तिक १५ गते काम छ ,तपाई तुरुन्त चौकीमा आउनुस् भनेर बोलाएपछि मेलुङ गाउँपालिका वडा ४ भेट्पुबाट श्रीमानसहित चौकीमा आइपुगेकी मुना विश्वकर्मालाई चौकीका असई कृष्णबहादुर श्रेष्ठले मेलमिलाप नगरेको निहुँमा कुटपिट गरेका हुन् । मुना विश्वकर्मा स्थानीय तह निर्वाचनको मेलुङ गाउँपालिका वडा ४नेपाली कांग्रेस बाट निर्वाचित दलित महिला सदस्य हुन् । साउन २१ गते स्थानीय चन्द्रबहादुर अधिकारी र छोरा रामकुमार अधिकारीले आफुनो छोरा राजकुमार विश्वकर्मालाई विना कारण कुटपिट गरी घाइते बनाएका थिए । सोही विषयमा जिल्ला अदालत दोलखामा मुद्दा भए पनि पीडक चन्द्रबहादुर अधिकारी बाबु छोराले चौकीमै प्रहरी सहित मेलमिलाप गर्न दबाब दिएका थिए । आफुहरु प्रहरी चौकी आउनु अघि नै प्रहरी चौकीमा आएर बसेका बाबुछोरासँग असई कृष्णबहादुर श्रेष्ठसँगै बसेर चिया खाँदै गरेको र पछि प्रहरी असईले तिमीहरु यहाँ मिल्ने कि नमिल्ने भनेर सोधीखोजी गर्दै, मिल्नुपर्ने दबाब समेत दिएको मुनाले बताइन् । तिमीहरु जसरी हुन्छ मिल्नु , नत्र राम्रो हुँदैन, भनेर पहिला आफ्नो श्रीमानलाई तीन पटक बासको लौराले हानेको उनले बताइन् । यसरी किन श्रीमानलाई कुट्नुहुन्छ ,हामीलाई यहाँ बोलाएर कुटपिट गर्ने हो ? भनेर सोध्दा उल्टो मलाई पछाडि पिँठ्युमा चार लौरा हानेर भुँइमा लडाएको मुनाले बताइन् । ‘यही मिल्ने भए मिल नत्र, तेरो ज्यान म कसरी लिन्छु भन्दै मलाई कुटे ,उलने भनिन् । हामीले जिल्ला प्रहरी कार्यालय दोलखाको डिएसपी राम कार्कीसँग कुरा गर्दा ,उल्टो तेरो डिएसपीले पनि भन्ने मलाई हो भन्दै थप कुटपिट गरेको उनले बताइन् । आफुहरुमाथि प्रहरीबाटै कुटपिट र अन्याय भएको भन्दै मुनाले जिल्ला प्रहरी कार्यालय दोलखामा मेलुङ प्रहरी चौकीका असई कृष्णबहादुर श्रेष्ठ विरुद्ध उजुरी दर्ता गरेकी छिन् । आफुहरुलाई काम छ भनेर प्रहरी चौकीमा बोलाएर उल्टो कुटपिट र दुव्र्यवहार गरेको भन्दै असई श्रेष्ठलाई तत्काल कारबाहीको माग गर्दै उजुरी दर्ता गरेकी छिन् । आफुहरुमाथि भएको प्रहरी ज्यादती र कुटपिटको तत्काल कारबाही नभए राष्ट्रिय दलित आयोग र अन्य मानव अधिकारवादीसँग जाने विश्वकर्माले बताइन् । के भन्छन् डिएसपी जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी राम कार्कीले आफुले घटना सबै बुझिसकेको भन्दै तत्कालै छानविन गरी कारबाही गर्ने बताएका छन् । ‘मैले आज पनि घटनाको बारेमा बुझिसकेको छु ,तत्कालै छानविन गरी कारबाही गर्छु ,’उनले भने । डिएसपी कार्कीले मेलुङ प्रहरी चौकीका असईबाट पिटिएको हो , होइन स्वास्थ्य परिक्षण गरी दोषी पाएमा तत्कालै कारबाही गर्ने जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports