Incident Reports

नेकपा-माओवादीका कार्यकर्ताद्वारा जग्गा कब्जा l

2013-06-21

Dipen Neupane मोरङ । ०७० असार ८ गते नेकापा-माओवादीका कार्यकर्ताहरूले मधुमल्ला गाविस-७ का गोविन्द उप्रेतीको १३ बिगाहा जग्गा असार ७ गते कब्जा गरेका छन् । जग्गामा पार्टीको हँसियाहथौडा अङ्कित रातो झण्डा गाडेर कब्जा गरिएको हो । माओवादी कोचिला राज्य समितिका सदस्य सीताराम बुढाथोकीको सकुम्वासीलाई अन्यत्र सारेर बेचविखन गर्न लागेकोले कब्जा गरिएको बताए । जग्गा कब्जालगत्तै लालबहादुर लिम्बूको संयोजकत्वमा युवा संगठन राष्ट्रिय जनस्वयम्सेवक समिति र शंकर श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय सुकुमवासी संरक्षण तथा सङ्घर्ष समितिसमेत गठन गरिएको उनको भनाइ छ । सो जग्गा ०६२ मा तत्कालिन नेकपा माओावादीले कब्जा गरेर शान्ति प्रक्रियापछि फिर्ता गरेको थियो । जग्गा धनी उप्रेती काठमाण्डौ बस्दै आएका छन् । उनीसँग सम्पर्क हुन सकेन । जग्गा कब्जापछि पनि स्थानीय प्रहरी प्रशासनले कुनै कदम चालेको छैन । औपचारिक उजुरी नपरेकोले कारबाही नचलाएको प्रहरीको भनाइ छ । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis