Incident Reports

सामूहिक बलात्कार गरेको आरोपितहरू गिरफ्तार l

2013-06-23

Nepal

Sabitri Sapkota चितवन । ०७० असार १० गते एक १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जनालाई ०७० असार ९ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सामूहिक बलात्कारको आरोपमा गिरफ्तार भएकाहरू भरतपुर नपा-४ का २० वर्षीय सरोज श्रेष्ठ, कुमरोज गाविस-३ का २४ वर्षीय शुशील श्रेष्ठ, विरेन्द्रनगर गाविस-४ का ३० वर्षीय गोविन्द अर्याल र सप्तरी जिल्ला नेगडा गाविस-६ का २८ वर्षीय सन्तोषप्रसाद चौधरी रहेका छन् । पीडित बालिकालाई असार ८ गते झुक्याएर भरतपुर नपा-४ को प्रेस मार्गमा रहेको सुशिल श्रेष्ठको डेरामा लगी कोठामा थुनी पाँचै जनाले बलात्कार गरेको आरोपमा पीडितले कारबाहीको लागि असार ९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । पीडितको स्वास्थ्य परीक्षण भरतपुर अस्पताल चितवनमा असार ९ गते भयो । प्रहरीले जबरजस्ती करणी शिर्षमा मुद्दा दर्ता गरी आरोपितहरूलाई आजै चितवन जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न म्याद थप अनुमति लिई अनुसन्धान कार्य भई रहेको प्रहरी निरीक्षक जीवलाल चुदालीले बताए । सावित्री साप्कोटा

0 Comments

Related Reports
Related Trend Analysis