Incident Reports

प्रहरीको कुटाइबाट छिमेकी घाइते

2017-10-23

Province 1, Morang, Biratnagar, Ward 4

सशस्त्र प्रहरीका बहालवाला निरीक्षकले टोलको सामान्य विवादमा छिमेकीलाई सोमबार निर्घात कुटपिट गरेका छन् । विराटनगर महानगरपालिका-४ राम जानकी टोलमा टोल विकास संस्थाका अध्यक्ष दान बहादुर बुढाथोकी र उनका छोरा सिराहमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक सुमन बुढाथोकीले छिमेकी खिलराज भट्टराईलाई कुटपिट गरेका हुन् । टोलका लागि आएको ह्युमपाइप अध्यक्ष दान बहादुरले टोलको बैठकै नबसी मनोमानी ढंगले बेच्न लागेपछि भट्टराईले विरोध जनाएका थिए ।निरीक्षक सुमनले गाली गलौज गर्दै एक्कासी मुक्का प्रहार गरेको पिडित भट्टराईले बताए । कुटपिटबाट भट्टराईको टाउकोमा चोट लागेको छ। स्थानीय सहित घटना स्थलमा भेला भएका आफन्तजनले घटनाबारे छानविन गरी कारवाही गर्न प्रहरी समक्ष माग गरेका छन् । घाइते भट्टराईको कोशी अंचल अस्पतालमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Morang

0 Comments

Related Reports