Incident Reports

No translation available.

2017-10-30

नेकपा (माओवादी)केन्द्र तनहुँका अध्यक्ष राजेन्द्र केशरी न्यौपाने प्रदेश सभाको प्रत्यक्षतर्फको टिकट माग गर्दै अनशन बसेका छन्|न्यौपानेले सोमबारबाट पार्टी कार्यालय परिसरमै अनशन बसेका हुन् |पार्टीले प्रदेश सभाको सो क्षेत्रमा रिसिंग गाउँपालिकाका मदन आलेलाई उम्मेदवार बनाउन लागेपछी न्यौपाने अनशन बसेका हुन् |माओवादी केन्द्रले सो क्षेत्रबाट न्यौपाने सहित निवर्तमान सांसद तथा मन्त्रि आशा कोइराला र माधव विकलाई प्रदेशमा सिफारिस गरेको थियो| तर प्रतिनिधि सभामा क्षेत्र नम्बर-२ मा सिफारिस परेका आलेलाई प्रदेशमा ल्याउन लागिएकोप्रति माओवादी केन्द्रका केहि नेताहरुले आपत्ति जनाएका छन् |पार्टी नेताहरुको ध्यानाकर्षण गराउन न्यौपाने अनशन बसेको माओवादीका एक नेताले बताए | नेकपा एमालेसंग गठबन्धन बनेपछि क्षेत्र नम्बर २ को शुक्लागण्डकी नपा,म्याग्दे गाउँपालिका र व्यास नपाको वडा नम्बर ५ र ६ को भूगोल समेटिएको प्रदेश क्षेत्र नेकपा माओवादीको भागमा परेको छ |सो क्षेत्रमा बामपन्थी गठबन्धनको मत कांग्रेसको भन्दा ४ हजार भन्दा बढी रहेको हुँदा सो क्षेत्र निश्चितरूपमा जितिने भएकोले माओवादी नेताहरुले टिकटको दावी गरेका हुन् |
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments

Related Reports