Incident Reports

कटुवा पेस्तोल र गोली बरामद

2017-11-11

Lumbini, Banke, Duduwa, Ward 3

भारत बहराईज जिल्ला रिषिया बस्ने २७ बर्षीय नन्कौ नाउ र उनीसंगै रहेका सोही ठाउँ बस्ने ३२ बर्षीय सेर आलिलाई प्रहरीले कटुवा पेस्तोल १ थान र थ्रिनटथ्री राइफलको गोली १ वटा सहित पक्राउ गरेको छ । डुरुवा गाउँपालिका–३ मुल्बि पुरुवा भन्ने स्थानमा हतियार सहित मानिस बसेको भन्ने सूचना प्राप्त भएपछि शनिबार खटिएको प्रहरी टोलीले उनीहरुलाई जुर्म नट भन्ने व्यक्तीको ताल्चा लगाएको घरको बाहिरको ब्रन्डामा बसिरहेको अवस्थामा उक्त हतियार सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments