Incident Reports

रौतहटको गौरमा बरहवा खोलामा बेवारिसे शव

2017-11-02

Madhes, Rautahat, Gaur

रौतहटको सदर मुकाम गौर स्थित बरहवा खोला किनारमा आज बिहान बेवारिसे शव फेला परेको छ । पुरुषको शव आज विहान स्थानीय गौर नगरपालिका ५ का बासिन्दाहरुले खोला किनारमा देखेपछी प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा गएको प्रहरी टोलीलाई बेवारिस रुपमा फेला परेको शव खोप्टो परेको अवस्थामा पानीमा रहेकोले अनुहार चिन्ह केहि अफ्ठ्यारो परेको थियो।घटना स्थलमा गएको प्रहरी टोलीले शवलाई सिधापारी हेर्दा मृतकलाई कुटपिट गरी गम्भीर घाइते बनाइ खोलामा फालिएको हुन सक्ने शंका व्यक्त गरेका छन् ।शवलाई पोस्टमार्टमका लागि गौर अस्पतालमा लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गौरले जानकारी गराएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Local Newspaper - Rautahat , Local Newspaper - Dhanusha

0 Comments

Related Reports