Incident Reports

बोक्सीको आरोपमा कुटपिट गर्नेविरुद्ध प्रहरी उजुरी l

2013-06-24

Suk Dev Chaudhary सुनसरी । ०७० असार ११ गते लौकही गाविस-३ की ५० वर्षीया परवतनीदेवी उराँवलाई बोक्सीको आरोप लगाई मरणासन्न हुने गरी कुटपिट गर्ने ४५ वर्षीया झवलोदेवी उराँव, २० वर्षीय वविकुमारी उराँव, ६० वर्षीया धनेलाल उराँव, ५० वर्षीया कुमादेवी उराँव लगायतविरुद्ध पीडितपक्षले असार १० गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएको छ । गत असार ५ गते छिमेकी १८ वर्षीया कोशेला उराँव विरामी भए पछि सोही गाविस ९ का धामी श्रीलाल उराँवको घरमा देखाउन गएको अवस्थामा बोक्सीको मन्त्रवाणले विरामी बनाएको भन्दै पीडितलाई घरबाट लगेर बिरामी तथा आफन्तहरू मिलेर कुटपिट गरी घाइते बनाएको प्रत्यक्षदर्शी जयप्रकाश पौदारले जानकारी दिए । पीडितको उपचार जिल्ला अस्पताल इनरुवामा सामान्य गराई थप उपचार विराटनगर स्थित नोबेल अस्पतालमा गरिएको थियो । घटनामा संलग्न विरुद्ध असार ७ गते नै इलाका प्रहरी कार्यालय लौकहीमा उजुरी गए पनि कुनै सुनुवाई नभएपछि जिल्ला प्रहरी सुनसरीमा पुन दिएको पीडितले बताए । घटना विषयमा पीडितले सामान्य जानकारी मात्र गराएको र जिल्ला प्रहरीबाट पत्र आएपछि मात्र जानकारी भएको लौकहीका सई इन्द्र दाहाले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis