Incident Reports

Teachers stage sit-in demanding salary

2017-11-13

Madhes, Rautahat, Gaur

Teachers serving in public schools of Yamuna Mai Rural Municipality and Rajdevi Municipality in Rautahat today staged a sit-in at District Administration Office, Rautahat. The teachers were agitated as they had not received their salary of the past four months. District chair of Nepal Teacher’s Organisation, Manishankar Nidhi, said they were facing a hard time sustaining their livelihood as they were deprived of their due salary. “We were compelled to camp out to pressure the authority concerned. We went to the district administration office, district education office, municipality office and rural municipality office several times, but to no avail,” said Nidhi. According to him, around 350 teachers have been deprived of their salary. Following the protest, security personnel freed agitating teachers after keeping them in detention for two hours. Nepal Teacher’s Association and other teacher unions have expressed their solidarity with the protest. Teacher unions have decided to resort to pen-down strike and camp out at district education office from 10:00am to 4:00pm every day until their remuneration is released. Yamuna Mai Rural Municipality Chairperson Sriprakash Mukhiya said the problem that had surfaced after the rural municipality was split from Durga Bhagawati Rural Municipality for want of budget. Likewise, Rajdevi Municipality Mayor Dhirendra Prasad Singh said not only teachers, but also staffers of health, local levels and other offices, have not received their salary after the municipality was split from Gaur Municipality. Meanwhile, Chief District Officer Uddhav Bahadur Thapa said the authority concerned needed to address and resolve the issues in the district. तलब भता माग गर्दै रौतहटका शिक्षकहरू आन्दोलित भएका छन् । गत साउन महिना देखि हालसम्म तलब र भता नपाएपछि शिक्षकहरू मंगलबारदेखि जिल्लाको सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने गरी आन्दोलमा उत्रिएका हुन्। तलव भताको माग गर्दै शिक्षकहरू सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि दवाव स्वरुप शान्तिपूर्ण धर्ना प्रदर्शन गर्दा स्थानीय प्रशासनले प्रहरी मार्फत बल प्रयोग गरेर दुव्र्यवहार गरेको भन्दै मंगलवार देखि अनिश्चितकालिन विद्यालय बन्द गरेर जिल्ला शिक्षा कार्यालयमा धर्ना दिने शिक्षकहरूले निर्णय गरेका छन्। यमुना माई गाउँपालिका र राजदेवी नगरपालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरू गत साउन महिनादेखि तलब खानबाट वञ्चित भएका छन् । हिन्दुहरूको महान पर्व दशै, तिहार र छठ जस्ता पर्वमा समेत तलव नपाउदो चाडवाड मनाउन समेत कठिनाई भएको थियो । तलव अभावमा दैनिक जीवन यापन गर्न निकै कष्टकर समय व्यतित गर्दा बाध्य भएर शान्तिपूर्ण धर्नामा बस्न खोज्दा प्रहरीद्वारा दुव्र्यवहार खेप्नु परेको नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष मणीशंकर निधीको भनाइ छ । पटक पटक जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय, नगरपालिका र गाउँपालिका प्रमुख लगायतका सम्बन्धित निकायसँग आग्रह गरेपनि तलव खुवाउने कुनै वातावरण नहुँदा शान्तिपूर्ण धर्नामा बस्न जाँदा प्रहरीले गाली गलौज गर्दै ४० जना शिक्षकलाई समातेर धर्नालाई तितरवितर बनाएका छन् । आक्रोसित शिक्षकहरूले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन समेत गरेका छन् । पक्राउ परेका शिक्षकहरूलाई करिव २ घण्टा पछि प्रहरीले छोडेको थियो । करिव ३५० जना शिक्षकहरु तलव खानबाट वञ्चितर रहेका शिक्षकहरूलाई तलव खुवानुको साटो स्थानीय प्रशासनले प्रहरी लगाएर दुव्र्यवहार गर्नु नितान्त दुःखद भएको अध्यक्ष निधिले बताए। आक्रोशित बनेका शिक्षकहरूको सपोर्टमा नेपाल शिक्षक संघ र नेपाल शिक्षक संगठन लगायतका विभिन्न संघ संगठनहरूले सामूहिक विज्ञप्ती जारी गरी जबसम्म शिक्षकहरूको तलव निकासा हुँदैन तबसम्म विद्यालय छाडेर बिहान १० बजे देखि ४ बजे सम्म जिल्ला शिक्षा कार्यालय गौरमा धर्ना दिने निर्णय भएको शिक्षक संघका जिल्ला अध्यक्ष जयमंगल यादवले बताएका छन्। यस विषयमा यमुना माई गाउँपालिकाको अध्यक्ष श्रीप्रकाश मुखियाले दुर्गा भगवती गाउँपालिकाबाट पछि छुटिएपछि बजेट निकास नहुँदा समस्या हुँदा दुर्गा भगवतीबाट एक करोड रकम सपटी लिएर शिक्षकहरूलाई आधा तलव खुवाएको प्रतिक्रिया दिए । त्यस्तै राजदेवी नगरपालिकाको मेयर धिरेन्द्र प्रसाद सिहले गौर नगरपालिकाबाट राजदेवी नपा छुटिएपछि शिक्षक मात्रै नभई स्वास्थ्य, स्थानीय तहका कर्मचारी समेत तलव खान सकेको बताए । यस बारेमा विभागमा समेत गएर बजेट निकासाको लागि कुरा गर्दा अहिले सम्म अलपत्र परेको हुँदा शिक्षकहरू आन्दोलनमा उत्रिएको बताए । प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बाटो अवरुद्ध पारेर धर्ना दिँदा सम्झाएर पठाउन खोज्दा शिक्षकहरू आफैँ प्रहरीको भ्यानमा चढेर गएको जवाफ दिए तर शिक्षकहरुको समस्या छ समाधान गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने नितान्त आवश्यक देखिन्छ उनले भने ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Dhanusha

0 Comments