Incident Reports

बालिका बलात्कारका आरोपित गिरफ्तार l

2013-07-02

Manohar Kumar Pokharel सप्तरी । ०७० असार १८ गते एक १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जण्डौल गाविस-५ का १७ वर्षीय मोहम्मद ज्याउललाई प्रहरीले असार १७ गते राति घरबाट गिरफ्तार गरेको छ । जण्डौल गाविस-६ की १० वर्षीया बालिकालाई असार १७ गते अपरान्ह ४ बजे पैसाको प्रलोभन देखाई बलात्कार गरेको आरोपमा ज्याउललाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर लक्ष्मणबहादुर खड्काले बताए । घरमा कोही नभएको बेला पीडित बालिकालाई ज्याउलले बलात्कार गरेको पीडितले बताइन् । बलात्कार गरेको भन्दै स्थानीयबासीले आरोपितलाई नियन्त्रणमा लिई प्रहरी चौकी महुलीमा बुझाएका थिए । आरोपितलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखेको इन्स्पेक्टर खडकाले जनाए । पीडित बालिका र आरोपितको असार १८ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण गरिएको छ । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis