Incident Reports

CPN cadres blaze voters’ education materials

2017-11-15

Karnali, Jumla, Sinja, Ward 2

The cadres of Nepal Communist party have set fire on the election materials for voter’s education. The party which is against the election has destroyed the materials on November 15 at Hima Rural Municipality-2 after confiscating it from staffs. Volunteers Jaya Shankar and Radha Shrestha were in the village for voter’s education. The party’s politburo member Rabi Kiran Tiruwa have posted in social media about the incident and confirmed that the party has destroyed the materials. जुम्ला सिंजा गाउँपालिका–२ को रनुखानामा मतदाता शिक्षा सामाग्री लुटिएको छ । रोपनी जनजागृति प्रावि मतदान केन्द्रका मतदाताको लागि लिँदै गरेको मतदाता शिक्षा सामाग्री अज्ञात समूहले लुटेको हो । मतदाता शिक्षा स्वयंसेवक जयशंकर चौँलागाई र राधा श्रेष्ठले मतदातालाई मतदानसम्बन्धी जानकारी गराउन जाने क्रममा बीच बटोमा सामाग्री लुटिएको उनीहरुले बताएका छन् । मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि जिल्लाका प्रत्येक मतदान केन्द्रमा मतदाता शिक्षा स्वयं सेवक परिचालन गरिएको छ । निर्वाचन शिक्षा कार्यक्रमको सामाग्री लुटिएकोले काम गर्न असहज भइरहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अभिनन्द चौँलागाईले निर्वाचन शिक्षा सामाग्री पठाउन लागिएको प्रतिक्रिया दिए । मतदातालाई निर्वाचन शिक्षा दिन जानेक्रममा अवरोध सिर्जना भएको प्रतिक्रिया दिएको छ । सामाग्री लुटिएको घटनालाई मध्यनजर गरेर थप सुरक्षा कर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टेक बहादुर बुढ्थापाले जानकारी दिए । उनका अनुसार वाग्लो प्रहरी परिचालन गरेर मतदातालाई सुरक्षाको अनुभति दिलाउने पहल भइरहेको छ । ‘सिजा क्षेत्रमा नेपाली सेना परिचालन गरिने छ,’ उनले भने, ‘जिल्लाको सुरक्षा संवेदनशिलताको आधारमा सुरक्षाकर्मीहरु परिचालन गर्ने कार्य भइरहेको छ । निर्वाचनलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सुरक्षा सतकर्ता बढाइसकिएको छ । ढुक्कसँग मतदातालाई निर्वाचनमा सहभागिता हुन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Labor organization, trade unions and other organizations based on economic demands
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments