Incident Reports

जुम्लामा मतदाता शिक्षा सामाग्री लुटियो

2017-11-15

Karnali, Jumla, Sinja, Ward 2

जुम्ला सिंजा गाउँपालिका–२ को रनुखानामा मतदाता शिक्षा सामाग्री लुटिएको छ । रोपनी जनजागृति प्रावि मतदान केन्द्रका मतदाताको लागि लिँदै गरेको मतदाता शिक्षा सामाग्री अज्ञात समूहले लुटेको हो । मतदाता शिक्षा स्वयंसेवक जयशंकर चौँलागाई र राधा श्रेष्ठले मतदातालाई मतदानसम्बन्धी जानकारी गराउन जाने क्रममा बीच बटोमा सामाग्री लुटिएको उनीहरुले बताएका छन् । मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि जिल्लाका प्रत्येक मतदान केन्द्रमा मतदाता शिक्षा स्वयं सेवक परिचालन गरिएको छ । निर्वाचन शिक्षा कार्यक्रमको सामाग्री लुटिएकोले काम गर्न असहज भइरहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अभिनन्द चौँलागाईले निर्वाचन शिक्षा सामाग्री पठाउन लागिएको प्रतिक्रिया दिए । मतदातालाई निर्वाचन शिक्षा दिन जानेक्रममा अवरोध सिर्जना भएको प्रतिक्रिया दिएको छ । सामाग्री लुटिएको घटनालाई मध्यनजर गरेर थप सुरक्षा कर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टेक बहादुर बुढ्थापाले जानकारी दिए । उनका अनुसार वाग्लो प्रहरी परिचालन गरेर मतदातालाई सुरक्षाको अनुभति दिलाउने पहल भइरहेको छ । ‘सिजा क्षेत्रमा नेपाली सेना परिचालन गरिने छ,’ उनले भने, ‘जिल्लाको सुरक्षा संवेदनशिलताको आधारमा सुरक्षाकर्मीहरु परिचालन गर्ने कार्य भइरहेको छ । निर्वाचनलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सुरक्षा सतकर्ता बढाइसकिएको छ । ढुक्कसँग मतदातालाई निर्वाचनमा सहभागिता हुन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Labor organization, trade unions and other organizations based on economic demands
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments

Related Reports