Incident Reports

बेवारिसे अवस्थामा दुई बोरा सकेट बमसहित ठूलो मात्रामा विस्फोटक पदार्थ फेलाl

2013-07-01

Lumbini, Rolpa, Tribeni

Dharendra Dangi रोल्पा । ०७० असार १८ गते गैरीगाउँ गाविस-६ थुर्पा लेकमा बेवारिसे अवस्थामा रहेको दुई बोरा सकेट बमसहित ठूलो मात्रामा विस्फोटक पदार्थ फेला परेको छ । प्रहरीले असार १८ गते बेवारिसे अवस्थामा दुई बोरा सकेट बम, तीन बोरा बारुद तथा तीन बण्डल फलामको पाइप फेला पारेको हो । घाँस काट्न गएका स्थानीय बासिन्दाले ओढारमा लुकाएर राखिएको अवस्थामा ती विस्फोटक पदार्थ देखेपछि प्रहरीलाई खबर गरेका थिए । गाउँलेहरूको खबर पाएपछि गैरीगाउँको टिलास्थित् माओवादी पूर्व लडाकुको अस्थायी शिबिरको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले बेवारिसे अवस्थामा विष्फोटक पदार्थ बरामद गरेको थियो । बिस्फोटक पदार्थ ओढारमा झण्डै ५ मिटरभित्र लुकाएर राखिएको प्रहरीले जनाएको छ । फेला पारिएको बम र विस्फोटक पदार्थहरू पुराना रहेका डीएसपी ओमबहादुर रानामगरले बताए । सो विस्फोटक पदार्थ द्वन्द्वका बेलामा तत्कालीन विद्रोही माओवादीले लुकाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । फेला पारिएको बिस्फोटक पदार्थ डिस्पोजका लागि नेपाली सेनालाई अनुरोध गरिएको र सेनाको टोली आएपछि मात्र डिस्पोजल गरिने प्रहरी बताएको छ । केही महिनाअघि सो गाविसको तिला नजिक ठूलो मात्रामा विस्फोटक पदार्थ फेला परेको थियो । शान्ति प्रक्रिया सुरु भएको सात वर्षपुग्न लाग्दा समेत विभिन्न स्थानमा पुराना विस्फोटक पदार्थ फेला पर्ने क्रम रहेको छ । धरेन्द्र डाँगी

0 Comments

Related Reports
Related Trend Analysis