Incident Reports

सहपाठी हत्याविरोधमा दमकमा विद्यार्थीको प्रदर्शन

2017-11-15

Province 1, Jhapa, Damak

सहपाठी हत्याको विरोधमा बुधबार पनि विद्यार्थीहरुले यहाँ ऱ्याली प्रदर्शन गरेका छन् । स्थानीय त्रिवेणी गेस्ट हाउसमा शनिबार १९ वर्षीय राजेश मल्लिकको हत्या भएको थियो । स्थानीय हिमालय माविमा कक्षा १२ मा अध्ययनरत मल्लिकको हत्यारा पत्ता लगाई कडा कारबाहीको माग गर्दै विद्यार्थीले विरोध प्रदर्शन गरिरहेका छन् । बुधबार बिहान मल्लिक अध्ययनरत विद्यालय र दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका थिए । मल्लिक गेस्ट हाउसका व्यवस्थापक समेत थिए । शनिबार बेलुका गेस्ट हाउसको कोठाभित्र छातीमा छुरा घोपेर हत्या गरेको अवस्थामा मल्लिकको शव फेला परेको थियो । उनको हत्यामा संलग्नलाई प्रहरी प्रशासनले अझैसम्म पक्राउ गर्न नसकेको विरोधमा ऱ्याली निकालेको विद्यार्थीले बताए । ‘निर्ममतापूर्वक गरिएको हत्याका हत्याराले कुनै हालतमा उन्मुक्ति पाउनु हुँदैन’ दमक क्याम्पसका स्ववियू सभापति विनोद चापागाईले भने,‘मल्लिकको हत्यारालाई कारबाही नभएसम्म हाम्रो खबरदारी जारी रहन्छ ।’ प्रहरीले भने अनुन्धान जारी रहेकोले केही दिनभित्रै हत्यारा पत्ता लाग्ने बताएका छन् । इलाका प्रहरीका प्रहरी नायव उपरिक्षक दीपक गिरीले एक/दुई दिनभित्रै हत्याराबारे आवश्यक जानकारी सार्वजनिक गर्ने बताए । ‘हामीले यो केशलाई पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेका छौं । एक/दुई दिनभित्रै हत्यामा संलग्नबारे केही कुरा सार्वजनिक गर्छौ,’ डीएसपी गिरीले भने ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments