Incident Reports

सिचाई राज्यमन्त्रीलाई लक्षित गरी रोल्पामा बम प्रहार

2017-11-16

Lumbini, Rolpa, Suwarnabati, Ward 1

चुनावी अभियानका लागि गाउँ पुगेका सिचाई राज्यमन्त्री अमरसिंह पुनलाई लक्षित गरी रोल्पाको घोडाघाउमा बम प्रहार भएको छ। दक्षिण रोल्पाको जौलीपोखरीमा बिहीबार दिउँसो आयोजना गरिएको आमसभामा भाग लिन बिहान सदरमुकाम लिवाङदेखि सुलीचौर-घोडागाउ हुँदै पुन सभास्थल जाने क्रममा बिहीबार दिउँसो पौने १ बजेतिर सुवर्णावती गाउँपालिका-१ स्थित भाक्रीबाङ भन्ने स्थानमा बम प्रहार भएको हो। प्रहरीका अनुसार राज्यमन्त्री पुनसहितको टोली माथि सुतली बम प्रहार गरिएको हो । बम प्रहार भएपनि कुनै प्रकारको मानवीय एवं भौतिक क्षति भएको छैन। घटना हुँदा राज्यमन्त्रीसहितको टोली केही टाढा मात्रै थियो। घटना पछि प्रहरीले कडा सुरक्षाको व्यवस्था गरेर पुनको चुनावी टोलीलाई गन्तव्यमा पुर्‍याएको छ। अहिले पुनसहितको चुनावी टोली जौलीपोखरीको सभामा पुगिसकेको छ। बम पड्केको आवाज सुनेको र प्रहरीले सुरक्षा कडा बनाएको पुनसँगै अभियानरत कंग्रेसका युवा नेता शेर बहादुर थापाले बताए। बम प्रहार गर्ने समूहको खोजी थालिएको प्रहरीले जनाएको छ। घटनापछि थप सुरक्षाको व्यवस्था मिलाइएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयालले बताए। रोल्पा कंग्रेसका सभापति रहेका राज्यमन्त्री पुन प्रतिनिधि सभाका रोल्पाबाट उम्मेदवार समेत हुन्। मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकै गरेका बेला रोल्पा लगायतका जिल्लामा उम्मेदवारमाथि बम प्रहार गर्ने गरिएको छ। प्रहरीले निर्वाचन बिरोधी गतिविधिमा लागेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रति बम प्रहार गरेर आतंक फैलाउन खोजेको आशंका गरेको छ। अघिल्लो साता चुनावी अभियानमै गाउ पुगेका पूर्व अर्थ मन्त्री एवं प्रतिनिधि सभाका उम्मेदवार बर्षमान पुन माथि लक्षित गरेर माडी १ को भिताबाङ मा बम प्रहार गरिएको थियो। साथै इरिबाङ मा पुनलाई लक्षित गरेर बन्दुक समेत फायरिङ गरिएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media , INSEC

0 Comments

Related Reports