Incident Reports

बाम चुनावी सभा नजिकै बिष्फोट

2017-11-16

Gandaki, Baglung, Galkot

बाम गठबन्धनको चुनावी सभाका लागि शिर्ष नेताहरु आउने कार्यक्रममा बम बिष्फोट भएको छ । गलकोट नगरपालिका ३ स्थित गलकोट बहुमुखी क्याम्पस नजिकै बम पड्केको हो । बाम गठबन्धनले बिहिवार क्याम्पसमै आमसभा राखेको छ । दिउँसो १ बजे कार्यक्रम स्थलदेखि १० मिटर पर फोहोर फाल्ने स्थानमा बम पड्केको प्रहरीले बतायो । ठूलो आवाज सहित पड्केपछि प्रहरीले थप सुरक्षाकर्मी बढाएको छ । प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले सामान्य प्रकारको बम पड्केको प्रतिक्रिया दिएका छन् । बिष्फोटबाट कुनै क्षति भएको छैन । कार्यक्रमका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आउने कार्यक्रम छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Reports