Incident Reports

विवाह दर्ता गर्न माग गर्दा घर निकाला l

2013-07-01

Deepen Neupane मोरङ । ०७० असार १८ गते मृगौलिया गाविस-७ की २२ वर्षीया नीता चौधरीलाई उनका पति २० वर्षीय कृष्ण माझी, सासू भगवती र ससुरा नरेश माझीले असार १७ गते घरबाट निकाली दिएका छन् । पीडितले घरमा आफ्नो नागरिकता बनाउन र विवाह दर्ता गर्न माग गर्दा घर निकाला भएपछि पीडित माइती घर मृगौलिया गाविस-७ भुटाइ टोलमा बस्न बाध्य भएकी छन् । घर निकाला गरेपछि पति आफूलाई जानकारी नै नदिइ वैदेशिक रोजगारमा जाने तयारीमा रहेको पीडितले बताइन् । पीडितलाई उनका सासू भगवती र ससुरा नरेशले समेत घरमा बस्न नदिने भन्दै गालीगलौज र कुटपिट गरेको पीडितकी आमा गुनी चौधरीले बताइन् । आफूखुशी विवाह गरेको भन्दै बाबुआमाले विवाह दर्ता गर्न र पत्नीको नागरिकता बनाउँन नदिएकोले घरमा राख्न नसकेर पत्नीलाई माइतमा नै बस्न पठाएको आरोपितले बताए । इन्सेक प्रतिनिधिले आरोपितलाई भेटेरै पत्नीलाई घर निकाला गरेमा कानुनी कारबाही हुने भएकोले पीडितको नागरिकता बनाइ विवाह दर्ता गरेरसँगै बस्न सुझाव दिएका छन् । आरोपित र पीडितबीच ०७० वैशाख ३ गते प्रेम विवावह भएको थियो । सोही दिन जिल्ला प्रहरी कार्यालयमा दुवैको विवाह दर्ता गरिदिने पीडितका सासू भगवती र ससुरा नरेश माझीले प्रतिवद्धता गरेका थिए । सो प्रतिवद्धता कार्यान्वयन नभएको भन्दै पीडितले ०७० जेठ ५ गते पुनः जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएकी थिइन् । सो उजुरीपछि बुहारीको नागरिकता बनाइ विवाह दर्ता गरिदिने पीडितका पति, सासू र ससुराले दोस्रो पटक जेठ १० गते जिल्ला प्रहरी कार्यालयमा सहमति गरेका थिए । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis