Incident Reports

कुटपिटबाट गर्भ पतन भएको भन्दै किटानी जाहेरी l

2013-07-02

Nandaram Paudel कपिलवस्तु । ०७० असार १९ गते कुटपिटबाट आफ्नो गर्भ पतन भएको भन्दै पकडी गाविस-३ की ३७ वर्षीया महिलाले असार १८ गते सोही गाविस-३ का २६ वर्षीय अहमद मुसलमानका विरुद्ध प्रहरीमा किटानी जाहेरी दिइन् । असार १२ गते जग्गा सम्बन्धी विवादका क्रममा अहमदले पीडित महिलामाथि कुटपिट गरेका थिए । कुटपिटका कारण आफ्नो गर्भमा रहेको ७ महिनाको गर्भ पतन भएकोले घटनामा संलग्नलाई कारवाहीको माग गर्दै उनले मुद्दा दर्ता गरेकी हुन । कुटपिटबाट घाइते महिलाको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा असार १६ गते गर्भ पतन भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रमाणको आधारमा अहमद मुसलमानलाई प्रहरीले असार १८ गते गिरफ्तार गरी अनुसन्धान गरेको छ । घटनाका दोषीलाई कानुन बमोजिम कारवाही गरिने प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताए । महिलाको भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको छ । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis