Incident Reports

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा सात जनाको घरजग्गा कब्जा

2017-11-16

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको गतिविधिबाट जिल्लाबासी त्रसित भएका छन् । नेकपाका कार्यकर्ताले कात्तिक २९ गते राति प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवार तथा जनप्रतिनिधिको घर जग्गा कब्जा गर्न थालेपछि जिल्लाबासी त्रसित भएका हुन् । वाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार विशाल भट्टराई, काङ्ग्रेसबाट प्रदेश सभा १ का उम्मेदवार सुवासकुमार पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख ईवन राई, लामीडाँडा गाउँपालिका प्रमुख लिलानाथ निरौलालगायत सात जनाको घर जग्गा कब्जा गरिएको सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रातको समयमा गाउँ पस्ने नेकपाका कार्यकर्ताले घरको आँगनमा पार्टीको झण्डा गाड्नुका साथै घर जग्गा कब्जा भएको भन्ने पर्चा घरको भित्तामा टाँस्ने गरेका छन् । उम्मेदवार र जनप्रतिनिधिको घरजग्गा कब्जा भएको घोषणा गर्दै हिँडेका नेकपाका कार्यकर्ताले फोनमार्फत पटकपटक ज्यान मार्ने धम्कीसमेत दिने गरेको आरोप छ । दिउँसो नभेटिने नेकपाका कार्यकर्ताले फोनमार्फत चन्दा माग्नुका साथै आसन्न निर्वाचनका लागि उम्मेदवारी दिएका नेताहरूलाई उम्मेदवारी फिर्ता लिन पटकपटक दबाव दिने गरेको पाइएको छ । नेकपाका कार्यकर्ताको ज्यानमार्ने धम्की तथा गतिविधिका बारेमा सुरक्षा निकायलाई समेत जानकारी गराइसकिएको लामीडाँडा गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताए । “घरमा विज्ञप्ति टाँस्नुका साथै झण्डा गाडेर गएपछि फोनमार्फत घर छाड्न भन्छन् ।”-उनले भने । जिल्लामा नेकपाको गतिविधिका विषयमा गम्भीर भएर अनुसन्धान थाल्नुका साथै प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकदर्शन थापाले बताए । आसन्न निर्वाचनलाई प्रभावित पार्न नेकपाले उक्त गतिविधि सञ्चालन गरेको प्रहरी अनुमान छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Threat/intimidation
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 7
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth unknown
INSEC

0 Comments

Related Reports