Incident Reports

लमजुङको बेंसीसहरमा बम फेला

2017-11-18

Gandaki, Lamjung, Besishahar

लमजुङको बेंसीसहरस्थित ठाडोलाइनमा शनिबार बिहान कित्ली बम फेला परेको छ । नेपाली सेनाको बम डिष्पोजल टोलीले उक्त बम निष्क्रिय पारेको छ । मर्स्याङ्दी पारी बाँझखेत जाने बाटो, लमजुङ जिल्ला सामुदायिक अस्पतालको गेट नजिकै चाउचाउको कार्टुनभित्र राखिएको कित्ली बमलाई नेपाली सेनाको डिष्फोजल टोलीले शनिबार बिहान साढे १० बजेतिर निष्क्रिय गरेको हो । सेनाका अनुसार कित्लिभित्र बालुवा राखेर बालुवाभित्र सुतली राखेर बनाइएको बमलाई २ पटकको प्रयासमा निष्क्रिय पार्न सफल भएको हो । प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले उक्त बम सेनाले निष्क्रिय पारेको पुष्टि गरे । स्थानीयका अनुसार चाउचाउको कार्टुनभित्र कित्लीजस्तो देखिने वस्तु देखिएपछि प्रहरीमा खबर गरिएको थियो । बिहान करीब ७ बजेतिर फोहरसँगै उक्त बस्तु देखिएको थियो । उक्त बम कांग्रेस पार्टी कार्यालयबाट करीब ५०/६० मिटरको दुरीमा पर्छ । उक्त क्षेत्र वरपर सरकारी कार्यालय पनि रहेका छन् । अन्य ठाउँमा पनि बम हुनसक्ने भन्दै सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरेको छ । शनिबार बिहान साढे ६ बजेतिरमात्रै बाँझखेतको आँपचौर जंगलमा बम पड्काएको आवाज सुनिएको प्रहरीले बताएको छ । लमजुङको बेंसीसहरमा शनिबार हुने कांग्रेसको आमसभालाई प्रभावित बनाउन बम पड्काएको र राखिएको हुनसक्ने कांग्रेस नेता कार्यकर्ताले बताएका छन् । सुरक्षा निकायले भने नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले बम पड्काएको हुनसक्ने आंकलन गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media , Police website

0 Comments

Related Reports