Incident Reports

मतदाता शिक्षा सामाग्री लुटियो

2017-11-18

Gandaki, Baglung, Nisikhola, Ward 3

मतदाता शिक्षा कार्यक्रमका लागि निसीखोलामा लगिएको सामाग्री शनिबार केही युुवाले लुटेका छन् । निसीखोला गाउँपालिका ३ का लागि गएकी मतदाता शिक्षा कार्यकर्ता राधिका शर्माको साथमा भएका केही सामाग्री च्यातेर फालेको र बाँकी लुटेर लगेका हुन् । ‘तपाईको कार्यक्रम अवरुद्ध गर्न आएका हौं, सबै सामाग्री दिनुहोस भनेर बाटो छेकेर सबै सामाग्री लगे’ शर्माले टेलिफोनमा भनिन्, ‘एक्लै सामाग्री टाँस्ने, मतदातालाई सिकाउने गर्दै हिडेकोले प्रतिकार गर्न सम्भव पनि थिएन ।’ उनीहरुले अबदेखि यस्तो काम नगर्नु भनेर धम्की समेत दिएको शर्माले बताइन् । सामाग्री लुट्ने मध्येका दुइ युवाको प्रहरीले पहिचान गरेको छ । निसीखोला ३ कै लालबहादुर बुढा र सुन्दर बुढा भएको पत्ता लागेपछि प्रहरीले पक्राउका लागि खोजी गरिरहेको छ । उनीहरु निर्वाचन विरोधी गतिविधिमा संलग्न भएकोले कारबाही प्रकृया बढाउने प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले बताए । राजनीतिक रुपमा उनीहरु कुन समूहका हुन् भन्ने खुलेको छैन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments

Related Reports