Incident Reports

पाँचथरमा विप्लव समूहका १० कार्यकर्ता पक्राउ

2017-11-18

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पाँचथर प्रहरीले नेपाल कम्युनिष्ट पार्टी(नेत्रविक्रम चन्द विप्लव) नेतृत्व समूहका १० जना कार्यकर्ता पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा फिदिम नगरपालिका १४ कि टिकादेवि राई,इलाम फाकफोकथुम १ का रुपनारायण अधिकारी, फालेलुङ ५ कि तारा राई र मौसम थाम्सुहाङ, फाल्गुनन्द ३ का विशाल राई र इच्छावहादुर राई,संग्राम राई,गोरा भनिने एलिया नेम्वाङ, फाल्गुनन्द ५ कै जितवहादुर चेम्जोङ र हिलिहाङ २ का डिल्लिराम कटुवाललाई विभिन्न मितिमा पाँचथर प्रहरीले पक्राउ गरी म्याद थप गरी अनुसन्धान प्रकृया सुरु गरेको जनाएको छ । पक्राउ परेकी टिकादेवि राई र रुपनारायण अधिकारी भने शिक्षक हुन् । प्रहरीले राइलाई विहिवार विद्यालय समयमै गिरफ्तार गरेको थियो । निर्वाचनको सूरक्षाका लागि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनिहरुलाई विभिन्न मितिमा पक्राउ गरीएको प्रहरी निरीक्षक विज्ञान वस्नेतले वताए । यता आफ्ना कार्यकर्ता गिरफ्तार गरिएको विरोधमा कम्युनिष्ट पार्टी पाँचथरले भने विरोध जनाएको छ । पार्टीका जिल्ला इञ्चार्ज सौगातले आफ्ना कार्यकर्ता र शुभचिन्तकहरुलाई स्थानिय प्रशासनले कार्यक्षेत्रवाटै गलत ढंगवाट धरपकट गरेको र सार्वजनिक समेत नगरेको आरोप लगाएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Panchthar

0 Comments

Related Reports