Incident Reports

No translation available.

2013-07-03

Lumbini, Banke, Duduwa

INSEC Mid-regional Office बाँके । ०७० असार १९ गते भेरी जोन इङ्लिस बोडिङ्ग स्कुल हिर्मिनियामा नर्सरी कक्षामा अध्ययनरत आठ वर्षीय बालक अजय धोवीलाई आँखाको ज्योति गुम्ने गरी यातना दिने सोही स्कुलकी शिक्षिकालाई कानुनी कारबाही गर्न मानवअधिकार संस्थाले माग गरेका छन् । असार १९ गते नेपालगञ्जस्थित अधिकारकर्मीहरूले संयुक्त प्रेस विज्ञप्ति प्रकाशन गरी कारबाहीको माग गरेका हुन । इन्सेकका भोला महत, सिविनका मधु सुधन दवाडी, एडभोकेसी फोरमका बसन्त गौतम, हिमराइट्सका प्रकाश उपाध्याय, बेसका धनिराम गिरी, पुनरावेदन वार एशोसियसनका विकास आचार्य लगाएत विभिन्न ११ सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूद्वारा संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी उक्त माग गरेका हुन । घटनामा संलग्न शिक्षक तथा विद्यालय प्रशासनलाई कानुनी कारवाहीको दायरामा ल्याउन, पीडितलाई तत्काल स्वास्थ्य उपचार, उचित क्षतिपूर्ति दिलाउन साथै भविष्यमा यस्ता घटना हुन नदिन जिल्ला शिक्षा कार्यालयलाई नियमित अनुगमन र नियमन गर्न अधिकारकर्मीहरूले आग्रह गरेका छन् । शिक्षिका रानाले ०७० असार ९ गते विद्यालयको कक्षा कोठमा नेपाली विषय पढाइ भइरहेको समयमा पुस्तकले कुट्दा आँखाको ज्योति गुमेको थियो । इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, नेपालगञ्ज

0 Comments