Incident Reports

मानव बेचबिखनको आरोपमा गिरफ्तार l

2013-07-07

कास्की । ०७० असार २३ गते १३ वर्षीया बालिकालाई बेचविखन गरेको आरोपमा पाल्पा जिल्ला भैरवथान गाविस-९ घर भइ पोखरा उमनपा-८ सिर्जनाचोस्थित निरमाया रेष्टुरेण्ट सञ्चालन गर्ने ४२ वर्षीय डोलबहादुर थापालाई प्रहरीले असार २१ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयमा मुद्दा शाखाका इन्स्पेक्टर नरहरि अधिकारीले आरोपित थापालाई सोही दिन मानव बेचविखन मुद्दा दर्ता गरी असार २३ गते म्याद थप गरेर अनुसन्धान जारी राखिएको बताए । पीडित बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय तनहुँमा असार २० गते मौखिक उजुरी दिएपछि त्यहाँबाट थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्राचार गरेपछि आरोपित थापालाई गिरफ्तार गरिएको उनले बताए । इन्स्पेक्टर अधिकारीका अनुसार पीडित बालिका ०७० वैशाख १९ गते तनहुँबाट लेखनाथ नपास्थित आफन्तको घरमा आउने क्रममा बसमा निदाएपछि पृथ्वीचोकमा झरेकी थिइन् । पृथ्वीचोकबाट लेखनाथ जाने क्रममा एक जना ट्याक्सीचालकले म पुर्‍याइ दिन्छु भन्दै ट्याक्सीमा राखेर उक्त रेष्टुरेण्टमा लगेर छाडेका थिए । रेष्टुरेण्ट सञ्चालक थापाले पीडित बालिकालाई शुरुमा सोही रेष्टुरेण्टमा काम गर्न लगाएको र पछिल्लो समयमा जबरजस्ती यौन व्यवसाय गर्न लगाएका थिए । पीडित बालिकालाई असार २१ गते उद्धार गरी आफन्तकहाँ बुझाइएको छ । सनबहादुर थापा San Bahadur Thapa

0 Comments