Incident Reports

राज्यमन्त्री खड्काको घरमा बम विस्फोट

2017-11-20

Gandaki, Baglung, Baglung, Ward 2

सहकारी एवं गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ बजारस्थित घरमा बम विस्फोट भएको छ । बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेकी खड्काको बागलुङ नगरपालिका—२ लालीगुराँस चो स्थित निवासमा गएराति करिब पौने ११ बजेको समयमा बम विस्फोट भएको हो । विस्फोटबाट घरको भुँइतलाको पर्खाल भत्किए पनि कुनै मानवीय क्षति भने भएको छैन । निर्वाचनको संघरमा गरिएको बम विष्फोटन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको हुनसक्ने आशंका गरिएको छ । यद्यपी यसको पुष्टी भने भएको छैन । राज्यमन्त्री खड्का सोमबारको चुनावी अभियान,सकेर राति मात्रै घर आएकी थिइन् । उनको घरमा नियमित रुपमा प्रहरी सुरक्षाका लागि खटिए पनि कसरी बम विस्फोट भने भन्ने प्रश्न समेत उठेको छ । यसबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए । विस्फोटपछि राज्यमन्त्री खड्काले लोकतन्त्रको रक्षा र महिला अधिकारको लडाइ बम आतंकले नरोकिने बताइन् । गत कात्तिक ३० गते गल्कोटको हटियामा भएको बामगठबन्धनको आमसभा स्थल नजिकै पनि बम विस्फेट गराइएको थियो भने बडीगाड गाउँपालिका-५ नुवारमामा वडा सदस्यको निवास नजिकै सुतली बम फेला परेको थियो । बागलुङ जिल्लामा निर्वाचनलाई लक्षित गरी अहिलेसम्म दुईवटा बम विस्फोट भए भने एउटा बम नपड्केको अवस्थामा फेला परेको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media , INSEC , Local Newspaper - Chitwan

0 Comments

Related Reports