Incident Reports

पाँचथरमा विप्लव समूहका दुई शिक्षकसहित ११ कार्यकर्ता पक्राउ

2017-11-20

निर्वाचनविरोधी गतिविधि बढेपछि प्रहरीले विप्लव समूहका ११ कार्यकर्ता पक्राउ गरेको छ । हिलिहाङ गाउँपालिकाका डिल्लीराम कटुवाल, फाल्गुनन्द गाउँपालिका जितबहादुर चेम्जोङ, विशाल राई, इच्छाबहादुर राई, संग्राम राई, एलिया नेम्वाङ छन् । त्यसैगरी फिदिम नगरपालिका १४ की टीकादेवी राई, नारायण कार्की, तारा राई र मौसम थाम्सुहाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यस्तै इलामका रुपनारायण अधिकारी पनि पक्राउ परेका छन् । उनीहरुलाई म्याद थप गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पक्राउ परेकामध्ये टीकादेवी र रुपनारायण शिक्षक हुन् । राईलाई कात्तिक ३० गते विद्यालयबाटै प्रहरीले पक्राउ गरेको थियो । निर्वाचन सुरक्षाका लागि पक्राउ गर्नुपरेको प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 11
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports