Shalikram Musaphir
दाङ । ०७० असार २३ गते
तुलसीपुर नपा-५ नयाँ बसपार्कमा पवननगर गाविस-९ कि एक किशोरीलाई बलात्कार गरेको आरोपमा चारजना युवालाई प्रहरीले असार २३ गते पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा खलङ्गा गाविस-१ प्युठानका १८ वर्षीय विनोद केसी, थारमारे गाविस-५ सल्यानका २२ वर्षीय युवराज डाँगी, सोही गाविस रागेचौरका २१ वर्षीय चन्द्र डाँगी र फलाबाङ् गाविस-५ सल्यानका २० वर्षीय अर्जुन योगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
उनीहरूले बस पार्कमा ना २ ख ५९२४ नम्बरको ट्रक्रमा लगेर बलात्कार गरिरहेको जानकारी पाएलगतै गएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दियो । बिहान करीब दुई बजे ट्रकभित्र युवती कराइरहेको खबर पाएपछि घटनास्थलमा पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले बतायो ।
उता असार २१ गते गोल्टाकुरी गाविस-८ कि १७ वर्षीया एक किशोरीलाई तुलसीपुरबाट घर जाँदै गर्दा चार-पाँच जनाको एक समूहले बलात्कार गरेको बताएको छ । घटनामा संलग्न रहेको आरोपमा एक जना युवकलाई पक्राउ गरे पनि उनको नाम प्रहरीले खुलाएको छैन ।
यसैबीच इन्सेक दाङ र ओरेक दाङले घटनाको विषयलाई लिएर असार २३ गते पीडित र पीडितका आफन्तसँग भेटभाट गरेको छ ।
शालिकराम मुसाफिर