Incident Reports

बेथानमा लगाएको निषेधाज्ञाविरुद्ध वाम गठवन्धनको विरोध प्रदर्शन

2017-11-21

Bagmati, Ramechhap, Umakunda

बेथानमा पूर्वनिर्धारित कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनले निषेध गरेपछि रामेछापको वाम गठबन्धनले मंगलबार जिल्ला सदरमुकामलगायत ठाउँमा विरोध प्रदर्शन गरेको छ । निर्वाचनको प्रचारप्रसारका लागि मतदातासँग जाने संवैधानिक अधिकारमाथि स्थानीय प्रशासनले हठात रोक लगाउने कदम सह्य नहुने भन्दै गठबन्धनका नेताहरुले प्रशासनको आलोचना गरे । विरोध कार्यक्रमका वक्ताहरुले प्रशासन कांग्रेस नेतृत्वको सरकारको आडमा वाम गठबन्धनका कार्यक्रम रोक्न उद्यत भएको आरोप समेत लगाएका थिए । गठबन्धनले बेथानमा जनसभा गर्ने भएपछि कांग्रेसले पनि सोही दिन कार्यक्रम राखेको भन्दै जिल्ला सुरक्षा समितिको सोमबारको बैठकले बेथानलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । दंगाग्रस्त क्षेत्र घोषणा गरेको केही घण्टामा नै प्रशासनले पूर्वनिर्णयलाई सुधार गरी निषेधित क्षेत्र भनेको थियो । दुवै कार्यक्रम एकै स्थलमा तय गरेकोले शान्ति सुरक्षामा खलल पर्ने आंकलन गरी प्रशासनले निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी दिलीप लामिछानेले बताए । प्रशासनले बेथानमा सभा जुलुस गर्न नदिने भएपछि वाम गठबन्धनको निर्वाचन परिचालन समिति संयोजक देवशंकर पौडेलले सोमबार अपरान्ह विज्ञप्ति जारी गरी प्रशासनले जारी गरेको निषेधाज्ञा तत्काल फिर्ता लिन र उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मत माग्ने अधिकारको सुनिश्चितता गर्न माग गरेका थिए । पौडेलको विज्ञप्तिमा प्रशासनको रबैयाले स्थिति भड्किएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रशासनले लिनुपर्ने चेतावनी समेत दिइएको छ । शान्तिपूर्ण निर्वाचन अभियान सञ्चालन भइरहेको बेलामा हठात निषेधाज्ञा लगाउने कार्यको गठबन्धनले भर्त्सना एवं निन्दा गरेको छ । माओवादीको प्रमुख आधार इलाका बन्दै आएको बेथानका केही युवा कांग्रेस प्रवेश गरेसँगै वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार एवं राज्यमन्त्री श्यामकुमार श्रेष्ठलाई बेथान प्रवेशमा निषेध घोषणा गरेका थिए । उनीहरुको विरोधका बाबजुद शक्ति प्रदर्शनसहित बेथानमा मंगलबार कार्यक्रम गर्न जाने श्रेष्ठको तयारी थियो । गठबन्धनका तर्फबाट प्रदेशसभामा उम्मेदवार भएका एमाले नेता कैलाश ढुंगेल भने बेथान पुगेका थिए । ढुंगेलले निर्बाध रुपमा मतदातासँग मत मागेका थिए । माओवादी केन्द्रका पूर्वसभासद तारानारायण श्रेष्ठ बेथानका नागरिकहरु वाम गठबन्धनकै पक्षमा रहेको बताउँदै केही 'गुण्डा'हरुका कारण समस्या निम्तिएको बताउँछन् । वेथानमा गठबन्धनका उम्मेदवारलाई निषेध गर्ने कुरा त्यहाँका आम नागरिकभन्दा पनि कांग्रेसले भाडामा ल्याएका केही गुण्डाले गरेको उनको आरोप छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports