Incident Reports

पत्नी र छोरीहरूलाई कुटपिट गर्ने अजित खाँ गिरफतार l

2013-07-05

Bagmati, Chitawan, Rapti

Durga Thapa सुर्खेत । ०७० असार २२ गते कुटपिट गरेर पत्नी छोरीहरूलाई घर निकाला गर्ने जुर्बटा गाविस-१ गाग्रेतालका अजित खाँलाई असार २१ गते प्रहरीले गिरफतार गरेको छ । जिल्ला बाल कल्याण समितिको अग्रसरतामा खाँलाई गिरफतार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पत्नी र पाँच छोरीहरूलाई कुटपिट गरी घरबाट निकाला गरेको आरोपमा जिल्ला बाल कल्याण समितिको सहयोगमा खाँलाई गिरफतार गरेर हिरासतमा राखिएको छ', जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विश्वनिरञ्जन प्रधानले भने, घटनाबारेमा अनुसन्धान गरिरहेका छौं । एसपी प्रधानले ११, ९ र ७ वर्षका छोरीहरूलाई खाँले पटक-पटक कुटपिट गर्ने गरेको र डेढ महिनाअघि पत्नी सेतु खाँलाई पनि यसरी कुटपिट गरी घरनिकाला गरेको जानकारी पनि दिए । घरनिकालापछि दुई नाबालिका छोरीलाई लिएर हिंडेकी सेतुको अवस्था अज्ञात रहेको छ । छिमेकी रामबहादुर वादीका अनुसार खाँले दिनहुँजसो पत्नी र छोरीहरूलाई कुटपिट गर्ने गरेका थिए । यसरी बुबाले कुटपिट गरी घरनिकाला गरेपछि नाबालिका तीन दिदीबहिनी पनि बिचल्लीमा परेका छन् । दुर्गा थापा

0 Comments

Related Reports
Related Trend Analysis