Incident Reports

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न पार्टीका कार्यकर्ता गिरफ्तार

2017-11-21

Province 1, Ilam, Illam

इन्सेक इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्तालाई इलामका विभिन्न स्थानबाट गिरफ्तार गरेको छ । इलाम नगरपालिका-५ बाट ३२ वर्षीया मुना भन्ने बसुन्धरा कार्की, इलाम नगरपालिका-११ बाट २७ वर्षीय सञ्जीव फागो, देउमाइ नगरपालिका-८ बाट ६६ वर्षीय मोहन बराल र इलाम नगरपालिका-१ बाट २६ वर्षीय विशाल राईलाई गिरफ्तार गरिएको मेची अञ्चल प्रहरी प्रमुख (एसएसपी) पिताम्बर अधिकारीले जानकारी दिए । एक साता यता चुनाव विरोधी गतिविधिमा संलग्न देखिएका र चुनाव विथोल्ने कार्यका शङ्कास्पद देखिएकाले उनीहरूलाई गिरफ्तार गरिएको एसएसपी अधिकारीको भनाई छ । गिरफ्तार गरिएका सबैलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको इलामका डिएसपी रमेश बस्नेतले बताए । निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले ताप्लेजुङबाट ९, पाँचथरबाट १२ र झापाबाट ९ सहित मेचीका चारै जिल्लाबाट ३४ जनालाई गिरफ्तार गरिएको अञ्चल प्रहरीका एसएसपी अधिकारीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC , Local Newspaper - Morang , Local Newspaper - Jhapa

0 Comments

Related Reports