Incident Reports

पति र सौताबाट कुटपिट l

2013-07-04

Manohar Kumar Pokhare सप्तरी । ०७० असार २२ गते सिम्राहा सिंग्यौन गाविस ८ की २८ वर्षीया चन्द्रकलादेवी मण्डललाई घरायसी विवादमा उनका पति रामभरोस मण्डल र सौता चननदेवी मण्डलले असार २० गते राति ११ बजे सुतेका बेला लात, मुक्का र लाठीले कुटपिट गरी घाइते बनाएका छन् । चन्द्रकलाले जिल्ला अदालत सप्तरीमा पतिविरुद्ध मानाचामल मुद्दा दायर गरेको रिसमा पति र सौताले कुटपिट गरेको घाइते चन्द्रकलादेवीले बताइन् । कुटपिटबाट चोट लागेर उनको बायाँ आँखा सुन्निएको छ भने शरीरको विभिन्न भागमा निलडाम लागेको छ । यसअघि असार ८ गते पीडित चन्द्रकलालाई उनका पतिले कुटपिट गरी घरनिकाला गरेपछि उनी राजविराज नपा ७ स्थित सखडा मोडमा चिया पसल खोलेर जीवन यापन गर्दै आएकी थिइन् । चन्द्रकलालाई घरमै बस्ने वातावरण मिलाउँछु भन्दै राजविराजबाट लगेपछि असार २० गते राति पति र सौताले कुटपिट गरेको उनले बताइन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis